यो कोभिड 19 को महामारी बषैॅ पिच्छे उग्र रुप लिएर आउदो रहेछ महामारीले जनता धेरै नमरुन भनेर सरकारले लकडाउन गरेको छ! तर यो लकडाउनमा ज्यादै पट्यार लाग्दो दिन हरु बिताइरहनु परेकोछ ।

यसो हातेफोन हेर्यो बिरामी को ओइरो लागेको छ। हस्पिटल मा बेड छैन बिरामी लाई अक्सिजन छैन भन्ने समाचार कतै भोकमरीले पिल्सिरहेका मानिस, कतै गन्तव्य मा पुग्न नपाएर रुमलिरहेको, कतै मान्छे मरी रहेका, कतै कोरोना रोगी छट्पटाईरहेका, कतै खान नपाएर छट्पटाईरहेका, कतै घरभाडा समयमा तिर्न नसकेर घरबेटीले अभद्र ब्यबहार गरीरहेका, कतै दुस्ट प्रबृतिका मान्छे ले मान्छे मारिरहेका अनेक दृश्य र समाचार हेरदा हेरदा दिमाग नै उड्छ जस्तो लाग्छ। 

राजनीतिक का त कुरै नगरौं। कस्तो बिडम्बना! न कसैलाई सहयोग गरन सकिन्छ न कसैलाई सहारा दिन सकिन्छ न कसैको दुख पिडा आफु लिन सकिन्छ यो सबै टुलुटुलु हेरेर बस्नु परेको छ। 

आफु पनी तेस्तै परीयो बिहान खायो बेलुका के खाने भन्ने अबस्था छ सबैलाई पैसा दिएर सहयोग गरौं भन्ने मन त धेरै लाग्छ तर मन र मायां मात्र भएर हुंदो रहेनछ। 

उहिलै पनी हैजा, औलो, बिफर, कालाज्वर ले मान्छे धेरै मर्थे रे हाम्रो हजुर आमा ले भन्न्नु हुन्थियो हामीलाई कथा जस्तै लाग्थियो। 

अहिले कोरोना महामारी ले मरेको पनी हाम्रा नाती पनाति हरुलाई पनी पछी कथा जस्तो लाग्छ होला। उहीले त खेती बारी धेरै हुन्थे खेतबारीमा काम गरेर दिन बिताउँथे पानी टाढा बाट ओसारेर ल्याउनू पर्थ्यो अन्न बनाउनु पर्थ्यो काम धेरै हुन्थ्यो रे आराम गरन पाईदैन थियो रे हाम्रो हजुर आमाले भन्नु भएको। अहीले त धेरै सुबिधा सम्पन्न भई सक्यो यस्तो काम गर्नु पर्दैन। 

अहिले चैं यो हातेफोन मोबाइल भन्ने हाते मेसिन आको छ जसको हातमा पनी छ। धनी गरीव सबैले चलाउने खालको हातेफोन छ। दिनभरी त्यै मोबाइल हेर्यो टिकटक बनायो, राम्रो नराम्रो कुरा हेर्यो बस्यो अरु काम नै छैन जस्तो छ।

 यसैमा दिन कटाउँछन् मान्छे हरु यस्तो देखेर उदेक लाग्छ! पढे लेखेका मानिस हरुले त राम्रो राम्रो लेख हरु लेख्नु कबिता लेख्नु उपन्यास लेख्नु ज्ञान मुलक लेखहरु लेख्दा पनी हुन्छ नी! अरु मानिसहरुको लागि पनी हातको काम हरु पनी त हुन्छन् सिपमुलक काम गरे पनी आय आर्जन हुने थियो आर्थिक भार पनी कम हुने थियो । घरको करेशा बारी तीर या कौशि तिर गार्डेनिङ गरदा मन पनी खुसी हुने थियो बाताबरण पनी राम्रो हूने थियो! 

तर के गरनु यो मोबाइल भन्ने चरोले लम्पट नै बनायो। यो लकडाउन ले त महिला हरु लाई त झन भार थपिएको छ बिहान उठेदेखि घर धन्दा पकाउने खुवाउने सफा गर्ने काम धेरै हुन्छ। सबै जना घरपरिवार मा बस्दा मिठो खान खोज्छन् सबैलाई घरमैं पकाऊनु पर्यो हैरान नै हुन्छ महिलाहरु लाई। 

मानिसहरु बिना काम बाहिर निस्कन्छन् घरमा बसेर बोर भयो भन्दै अनी एउटा चुरोट 3,4 जनाले बांडेर तान्छन् यसमा पनी कोरोना सार्ने चान्स बढ्छ जस्तो लाग्छ जताततै छोएर घरमा आएर हात धुएन भने झन कोरोना सार्ने जोखिम बढ्छ । 

अहीले किराना पसल तरकारी पसल तीर धेरै भिडभाड हुन्छ यो लकडाउन भरी त नमिठो खाए पनी हुने हो! ज्यान जोगियो भने त कोरोना महामारी  हराए पछी धेरै मिठो मिठो खाए पनी त हुन्थ्यो नी! तर खै कुरा बुझेको?

अब सबैले घरमैं बसेर कोरोना बाट बच्ने उपाय गरौं अनी सरकारले कोरोना बिरुध्ध खोप ल्यायो भने खोप लगाउला अनी कोरोना बाट बचौंला भन्ने आशा राखौं!!! 

धन्यवाद 

बिमला अन्जान ✍️