पहिले पहिले चैं प्रत्येक गाउँ घरमा रुख रोप्ने चलन थियो ताकी रुखले मानिस लाई जिबिकोपार्जन गरन लाई धेरै सजिलो हुन्थ्यो।

रूख बिरुवा हरूले मानिसलाई चाहिने अक्सिजन दिन्छ भन्ने कुरा त सबैलाई थाहनै होला । 

जस्तै रुख रोपे र ठुलो भए पछी त्यस मा फुल फुल्छ, फुल हेरेर मन नै धेरै रमाउँछ फूल बाट सुगन्ध फैलिन्छ बाताबरण नै बास्ना दार हुन्छ। 

माहुरी लाई पनि चारो हुन्छ मौरी लाई मह बनाउन सहयोग गर्छ । 

रुख मा बिभिन्न जातका चराचुरुङ्गी हरु आएर गुंड बनाएर बास वस्छन चराको आवाज सुन्न रमाइलो लाग्छ रंगिचंगी चराहरु हेर्न पनी रमाइलो लाग्छ चराहरुले पनी बाताबरण लाई सुध्द बनाउने काम गरिरहेको हुन्छ ।

 त्यस पछी रुखमा फल लाग्दछ फल पाकेर त्यो फल हामी खान्छौं त्यसले हाम्रो सरीर लाई चाहीने भिटामिन मिनिरल हरु पाउछौं र हामी स्वस्थ हुन्छौं।

 त्यो रुखका हांगा पात हरु गाई, बाख्रा बस्तुहरुले खान्छन् पेट भर्छन्। दुध दिन्छन् मासू दिन्छन्। गाई बस्तुहरुलाई ओछ्याउन लाई पनी त्यही हांगा पातपलङगहरु सोत्तर बनाउन मिल्छ र पछी त्यो पनि मल बन्छ। 

मल खेत बारी मा राख्यो भने मलीलो हुन्छ र प्रसस्त मात्रामा अन्न बाली फलफुल तरकारी उब्जाउ हुन्छ। र मानिस लाई जिबिकोपार्जन गरन लाई सजिलो हुन्छ।

अन्न सागसब्जी फलफूल बेचेर छोराछोरी पढाएर ठुला ठुला बिद्वान, टिचर, प्रोफेसर, बैज्ञानिक, डाक्टर, इन्जिनियर र ठुलो ठुलो पदमा काम गरन योग्य र सक्षम बनाएका उदाहरण पनी धेरै छन् 

यसरी रुख बिरुवा र मानिसको सम्बन्ध नङ र मासुको जस्तै हुन्छ। 

वरीपरी रुख बिरुवा भयो भने हरीयाली हेरेर मानिस को आंखा लाई पनी धेरै फाइदा हुन्छ मन पनी आनन्दित र प्रफुल्लित हुन्छ। 

मानिस को सरीर लाई चाहीने अक्सिजन पनी प्रसस्त मात्रामा पाइन्छ। 

यही रुख बिरुवा हरु ठुलो पुरानो भए पछि त्यस रुखको आलिसान फर्निचर हरु बन्दछन।

 ठुला ठुला महल, बिल्डीङ, बङलो, दरबार हरुका झ्याल ढोका हरु बन्दछन त्यही रुख बाट मूर्ती, सजावट का सामान, बाजा बजाउन सामानहरू बिभिन्न सामग्री बनाउन सकिन्छ।

रुख बिरुवा रोप्यो भने भू-क्षय, बाडी पैरो जान बाट पनी बचाऊँछ। 

अहिले सहर तीर सौखिन हरुले घरको छत कौसि मा गार्डेनिङ गरेर हरीयाली बनाएका हुन्छन्।

 यसरी गार्डेनिङ गरदा मन आनन्द हुन्छ र स्वास्थ्य लाई पनी धेरै फाइदा हुन्छ। 

यसरी सबै मानिस हरूले घर बनाउदा एउटा या दुइटा सानाखाले रुख रोप्यो भने अहिले को महामारी को बिसम परिस्थिति मा अक्सिजन को कमी भएर कती मानिस हरु मरी रहेका छन् यसरी घर घरमा ठाउँ अनुसार रुख रोप्नने अभियान चलायो भने पछील्लो दिनहरु लाई हरीयाली ले स्वास लीन को लागि अक्सिजन को कमी थोरै मात्रामा भए पनी राहत हुने थियो कि भन्ने मेरो बिचार। 

✍️ विमला अन्जान