बिहानै सबेरै मनिॅङ वाक तिर जांदा बाटो भरी लगाई सकेका माक्स हरु जताततै छरिएका देखिन्छन् ति माक्स हरु कतीपय बाटोमा कुल्चिंदै हिड्नु परॅदछ आफुले टिपेर सम्बन्धित ठाउँमा लगेर फाल्दिउ भने कतै कोरोना सर्ने हो कि भन्ने डर हुन्छ।

 यो बाटो भरी फालेको माक्स को सही तरिकाले डिस्पोज गनॅ सकिएन भने आफ्नो ठाउँको बाताबरण पनी प्रदूषित बन्दै जान्छ र कोरोना भाईरस पनी सर्न सक्छ जस्तो लाग्छ। कतीपय माक्स त कोरोना संक्रमित हरूले पनी लगाएर फाकेको हुन सक्छ कसलाई थाहा हुन्छ र यो संक्रमित ले लगाएको माक्स हो भनेर त्यही माक्स हावाले उडाउदै घरको आंगनीमा पुर्‍याउन पनी सक्छ र घर सफासुग्घर गर्ने क्रममा त्यो माक्स टिपेर फाल्दा पनी कोरोना सर्न पनी सक्छ। 

त्यो माक्स बच्चा ले पनी खेलाउन सक्छ र बच्चा लाई पनि भाईरस सर्न सक्छ। म बाटोमा हिँडिरहेको बेला अगाडि हिंडेको एक ब्यक्ति ले मुख बाट माक्स निकालेर बाटो मा फ्यात्त फाक्दै अगी बढिरहेको थियो म पछि पटी हिनीरहेको थिएं त्यो मान्छे निकै भद्रभलाद्मी पढे लेखेको अफीसर जस्तो देखिन्थ्यो उस्को हाउभाउ देखेर! तर पनी माक्स जताततै फाल्न हुदैन भन्ने चेतना चैं आएको रहेनछ। 

यसरी जताततै लगाएर बाटोमा फालेका माक्स हरू जुनै ठाउँमा पनि फालेको देखिन्छ। यो फालेको माक्स बाट पनी त कोरोना भाईरस सर्न सक्छ होला त्यसैले यो फाल्ने उचित ठाउँ र उचित बाताबरण मिलाउन लाई जताततै फाल्ने लाई जरीमाना तिराउने या कुनै नयाँ तरिका मिलाउन लाई सरकार, स्थानीय सरकार बुद्धिजीवी ठुलाबडा बर्ग हामी सर्व साधारण लाई जथाभावी माक्स नफाल्न को लागि बाताबरण बनाइदिए देखि देश र देशबासीको लागि राम्रो हुने थियो कि भन्ने मलाई लाग्छ। कृपया प्रतिक्रिया दिनुहोला। धन्यबाद । 🙏🙏

बिमला अन्जान ✍️