मेरी ममतामयी आमा! धैर्यता र सहनशिलता की खानी मेरी आमा!
आफु नखाई नखाई अरुलाई खुवाएर खुशी हूने मेरी आमा!
अरुको दुख मा दुखी हुने सुखमा खुशी हूने मेरी आमा!
कठै मेरी आमा!
आफ्नो ज्यान ले सक्ने भन्दा धेरै काम गर्ने मेरी आमा!
घरका मान्छे लाई खुसि पार्न धेरै कोसिस गरे पनी जस नपाउने मेरी आमा!
खालीखुट्टा हिनेर भारी बोकी गाउँ बेसी धाउने मेरी आमा!
कठै मेरी आमा!
राती नै उठी घर लिपपोत गरी ढिकी जाँतो गर्ने मेरी आमा!
खेत बारीमा खनी जोती गरी मकैकोदो धान रोप्ने मेरी आमा!
टाढा टाढा पंधेरो बाट डोकोमा पानी बोकी ल्याउने मेरी आमा! कठै मेरी आमा!
बेंसी बाट धान बोकि, बारी बाट मकै ,कोदो भित्र्याउने मेरी आमा!
धर्म कर्म गर्ने रीतीरीवाज गरी संस्कार जोगाउने मेरी आमा!
चाडबाडमा चिउरा कुटेर,सेल र अर्सा र्पकाउने मेरी आमा!
घाम पानी नभनी धेरै काम गरेर चांडै बुढेसकाल लागेकी मेरी आमा!
कठै मेरी आमा!
पहीले पहिले खान नपाउने तर अहिले खान नहुने रोग भएकी मेरी आमा!
पहीले पहिले दुख धेरै थियो तर अहिले सुख हुने बेलामा रोग लागेकी मेरी आमा!
कठै मेरी आमा!
सुगर,प्रेसर, मुटुरोग ले जकडिएकी मेरी आमा!
खाना भन्दा धेरै औषधी खाने मेरी आमा!
कपाल सेतै आंखी भौं सेतै फुलेकी,हात मुख सबै चाहुरेकी मेरी आमा!
कठै मेरी आमा!
सबै भन्दा धेरै मायाँ गर्ने मेरी आमा!
मानिस लाई मात्र हैन सबै जिब जन्तुहरू लाई समेत मायां गर्ने मेरी आमा!
कठै! मेरी आमा।


0 Comments