श्रावण महिनाको सुरुकै दिन कर्कट संक्रान्ति लुतो फ्याँक्ने चलन भन्दा भन्दै चलन थियो भन्ने बेला भैसकेको छ।

श्रावण १ गते सांझ मा कन्डारक लुतादि देवता को पुजा गर्नाले रक्त बिकार आदी रोग ब्याद नलाग्ने, असल राम्रो समय आउने बिश्वास राखी लुतादि देवता को पूजा गरिन्छ।


म धनकुटा मा जन्मिएको मानिस त्यही कै चालचलन बढी थाहा छ, धनकुटा निशान मन्दिर मा सम्पुर्ण अड्डा प्रमुख,वडा हाकिम, कारिन्दा आदि मानिस को समारोहमा राजपुरोहित मैले थाहा पाउदा पण्डित ईन्द्र लाल पोखरेल हुनुहुन्थ्यो। वांहाले तनखा पाउनु हुन्थ्यो वांहा द्धारा लुतादि कण्डारक देबता को पुजा गराउनू हुन्थ्यो। कर्ता बडाहाकिम वा वडा हाकिम ले खटाइएकोकर्मचारी हुन्थे पुजा सके पछि १० दिशामा अगुल्टा फांकिन्थो र बन्दुक पड्कन्थ्यो त्यो बढांई भएको वरीपरी का गाउँ सम्म सुनिन्थ्यो र लु! निशान थानमा बन्दुक पड्कियो भन्ने सुने पछी सबैको घर घरमा पुजा सुरु गरीन्थ्यो।


हामी गाउँ भरीका केटाकेटी हरु मुकुन्द,मोहनदाईहरु सबै मिलेर दिउसै लूतो फाल्दा चाहीने सामाग्री भेला गर्न बनपालतीर वा कता पाईन्छ खोजेर ल्याउथिउ सरो, कुकुर डाईनो,कुरीलो, भेला गरेर आंगन तुलसी को मठ छेउमा मण्डप वनाएर बांसका खम्बा गाडेर भाटा ओछ्याएर केराका पातहरु छापेर ओल्लो छेउ पल्लो छेउ घोगा सहीत का हरीयो मकैको बोट उभ्याएर मण्डप बनाइन्थ्यो।


त्यो समयमा पाईने पाकेका र कांचा फलफूल हरु सजाएर राखिन्थ्यो। ५ वटा समिधाका ५ मुठा रांका र १० वटा अगुल्टा तयार हुन्थे। बुवा पढ्नू हून्थो आमाले सिकाउनु हुन्थ्यो । पत्थर धोई पखाली गरेका ढूंगाका प्रतिमा , दियो,कलश, गणेश को पुजा गरी लूतादि कण्डारक देबता को पुजा गरी पक्वान नैवेद फल चढाएर ति रांकाहरु जलाएर आरती गरी ती अगुल्टा लुतो जा ...लुतो जा..भन्दै दशै दिशा तीर फांक्ने, कसैले नाग्लो ठटाउने, कसैले ढिकी कुट्ने , बुवा ले शंख फुक्ने गरेर पुजा आजा गरीन्थ्यो।


 यसै गरी सबैको घर घरमा लुतो फाल्ने कण्डारक देबता को पुजा गरी लूतो फाक्ने पर्व मनाइन्थ्यो। भोलि पल्ट क कस्को घरमा लुतो फालेको छ हेर्न जान्थेँउ । अब त धेरै लाई लूतो फाक्ने भनेको के हो भन्ने हुन्छ । लुतो फ्याँक्ने संस्कार नै सकियो भन्दा पनी हुन्छ। यो संस्कार लोप नै भएको जस्तो छ


✍️ शारदा प्रसाद मिश्र ।