नमस्कार भन्ने बित्तिकै हामी कसैलाई सम्मान गर्ने ,आदर गर्ने भन्ने बुझ्छौँ । नमस्कार एक बोल्ने माध्यम पनी हो कसै संग सिधै बोल्नु भन्दा नमस्कार भनेर बोल्ने बानी धेरै सभ्य र सालिन हुन्छ।
नमस्कार धेरै प्रकारका हुन्छन् । नमस्कार का पनी अलग अलग नामाकरण छन्। दण्डबत,ढोगगरें,पाउलागें,शिर झुकाएं, दर्शन, स्वस्ती,भेंट,जदौ आदी भाषा अनुसार का फरक फरक नाम छन्।
भाबपूर्ण नमस्कार:यो नमस्कार हामी भगवान लाई गर्छौं पुरा भक्तीभाब पुर्ण रुपमा पुरै तनमन समर्पण गर्छु प्रभु मलाई केही चाहिँदैन बस भगवान को आशिर्बाद भय पुग्छ भन्ने नमस्कार।
मागी नमस्कार:अर्को नमस्कार भगवान् संग बरदान मागेर सबै कुरा भरी पूर्ण बनाइदेउ भगवान म तिमी लाई लड्डु चढाउछु। तिम्रो नाम मा ब्रत बस्छु, तिम्रो नाम मा पुजा गर्दछू ,घरमा पुजा लगाउछु ,म अन्न दान गर्छु तर मैले भनेको कुरा पुग्नु पर्छ भगवान् भनेर गर्ने नमस्कार।
अर्को नमस्कार चैं मैले कती पुजा गरें कती भगवान को नाम मा लड्डु चढाऐ कती तिर्थ ब्रत गरें तर भगवान् ले केहि गरेनन् केही दिएनन् भनेर ग्लेस पुर्ण नमस्कार।
अर्को नमस्कार आफु भन्दा ठुला मान्यजनहरु बुवा आमालाई गर्ने आदरपूर्वक प्रेम पुर्वक गर्ने नमस्कार
गुरु हरु काका,मामाहरु राजा महाराजा लाई गर्ने नमस्कार आदर पुर्ण नमस्कार जहाँ केही स्वार्थ हुदैन त्यहाँ निस्वार्थ भावले गर्ने नमस्कार।
चुनाव ताका पर्खाल पर्खाल मा नेताहरु को ठूलो पोस्टर टांसेको हुन्छ नमस्कार गरेको यो बिज्ञापन गरेर भोट माग्न को लागि नमस्कार गरेर चुनाव प्रचार प्रसार गर्ने चलन धेरै देशहरूमा पनि छ । नमस्कार यस्तो माध्यम हो जसले गर्दा चुनाव जितेर नेताहरु लाई देश हाँक्ने बनाईदिएको हुन्छ। नमस्कार त ठूलो उर्जा रहेछ।
सुर्य नमस्कार:हामी बिहान उठेर सुर्य लाई पुर्ब फर्केर नमस्कार गर्छौं । यो सुर्य नमस्कार पनी धेरै प्रकारका छन् यो नमस्कार गर्नाले सरीर फुर्तीलो,जांगरीलो, रोग मुक्त जिबन बिताउन सकिन्छ।
हामी हिन्दू धर्मावलम्बी हरू बाटोमा हिंडिरहेको बेला कुनै भगवान् को मन्दिर देख्यौं भने नमस्कार गरेर हिँड्छौँ, खोला नदी , हिमाल लाई पनि नमस्कार गर्छौं, बाटोमा गाई देख्यौं भने पनी नमस्कार गर्ने बानी छ हाम्रो।
अर्को नमस्कार:यो नमस्कार अफीसको ठुलो हाकिम हरुलाई ठुला मन्त्रीहरु लाई उच्च वहदा मा बस्ने हरु लाई सम्मान पुर्वक गर्ने नमस्कार।
अर्को नमस्कार आफु भन्दा माथि का हाकिम हरुलाई ,गाउँघर छरछिमेकका जेष्ठ नागरिकहरुलाई तथा आफुले चिने जानेको साहु ,महाजन हरु लाई गर्ने निस्वार्थ भावले गर्ने नमस्कार।
अर्को नमस्कार: यो नमस्कार आफु लाई काम परेको बेला गर्ने नमस्कार काम छउन्जेल जिउ जिउ गर्ने नमस्कार। जब आफ्नो काम पूरा हुन्छ अनी नमस्कार गर्न छोड्ने स्वार्थ पुर्ण नमस्कार।
अर्को नमस्कार: मन परेको हाकिम लाई मनपर्ने आफन्त , मनपर्ने छरछिमेक लाई गर्ने नमस्कार।
अर्को नमस्कार: भरसक नमस्कार गर्नु नपरोस् भनी तर्केर हिड्दा पनी जम्काभेट भयर गर्ने नमस्कार। फलाना लाई त नमस्कार पनी गर्न मन लाग्दैन भनेर करबलले गर्ने नमस्कार।
कसैलाइ खुसी पार्न को लागि गर्ने नमस्कार:कोही मानिस लाई नमस्कार गर्यो भने हांसेर खुसी ब्यक्त गरेर नमस्कार फर्काएका हुन्छन् यस्ता ब्यक्ति लाई नमस्कार गर्न धेरै रमाइलो महसुस हुन्छ। यस्ता ब्यक्ति लाई संधै नमस्कार गर्नुपर्छ।
कोही मानिस चैं नमस्कार खान ज्यादै रुचाउँछन् कसैले नमस्कार गर्न बिर्सियो भने फलाना ले मलाई हेप्यो मलाई नमस्कार गर्नै छोड्यो भनेर मन दुखाउने पनी हाम्रो समाजमा पाईन्छन्।
कोही मानिस हरु लाई नमस्कार फर्काउन कती गाह्रो हुन्छ नमस्कार नफर्काई वास्ता नगरेर हिड्छन यस्ता मानिसहरु ले नमस्कार जस्तो पबित्र सम्मान लाई बुझेका हुँदैनन्। यस्ता मानिसहरु लाई नमस्कार गर्न आवश्यक पनी छैन।
साथीभाई हरु लाई गर्ने नमस्कार: आफु सरहका साथीहरु लाई नमस्ते भन्ने चलन छ यो पनि हात मिलाउने चलन भन्दा नमस्ते भन्ने चलन अहिले आएर राम्रो चलन मानिएको छ।
बिदेश तिर पनि नमस्कार लाई धेरै सम्मान गर्न थालेका छन । नमस्कार सबै जनालाई गर्न मिल्छ आफु भन्दा साना उमेरका लाई पनी ठूलो उमेर का लाई पनी जस्लाई पनि गर्दा हुन्छ।
कहिले कहीँ त आफुले नमस्कार गर्यो तर नदेखेर हो या वास्ता नगरेर हो नमस्कार गर्ने ब्यक्ति नै बेकुब जस्तो भैईन्छ। यस्तो बेला कसैले देख्यो भने पनी सरम जस्तो लाग्छ।
कतीपय कुनै ठाउँमा आफू हीनिरहेको बेला कसैले अगाडि बाट नमस्कार भन्यो भने आफैं लाई गरेको हो कि भनेर नमस्कार फर्काइन्छ तर पछाडि को मान्छे लाई नमस्कार गरेको हूंदो रैछ यसमा पनि आफैं लाई सरम हुने जस्तो लाग्छ यस्तो घटना धेरै लाई हुन सक्छ।
नमस्कार भन्ने संस्कार त पौराणिक कालदेखि नै चली आएको संस्कार हो। पौराणिक कथाहरूमा बेद ,पुराण आदि मा पनि नमस्कार सब्द धेरै उल्लेख गरिएको पाइन्छ। हृदय देखि नै गरेको नमस्कार ले बिग्रिएको काम पनी बनेको उदाहरण पनी पाईन्छ।
आफ्नो दश औंला जोड्दा , दुईहात जोड्दा घर्षण भयर रक्त संचार पनी राम्रो हुने र स्वास्थ्य पनी राम्रो हुने भन्ने ठुला गुरु हरुले भनेको सुनिन्छ।
नमस्कार गर्ने प्रबृत्ति धेरै राम्रो हो यसले मानिसलाई संस्कारी बनाउछ। नमस्कार ले अनुसासित बनाउछ। नमस्कार गर्ने बानी बसाल्ने हो भने सकारात्मक उर्जा पनी दिन्छ तेसैले नमस्कार गर्ने बानी बसालौं।
✍️ बिमला अन्जान बिमला अन्जान


0 Comments