एक दिन को कूरा हो असार महिनाको समय थियो स्कुल छुट्टी भएर घर फर्किने क्रम मा झम झम ठूलो मुसलधारे पानी परीरहेको थियो । 


सबै साथीहरू छाता लिएर घर तर्फ लागि सकेका थिए तर हामी संग छाता नभएर स्कुल मैं बसी रहनु पर्यो पानी पनॅ कम हुन्छ कि भनेर तर पानी नै कम भएन झन ठुलो पानी परी रह्यो र राती हुन्छ भन्ने डरले हामी भिज्दै घर तर्फ दौडेर जान लागिम सबै साथीहरू घर तीर गई सकेका थिए। 


हामी 2,3 जना मात्र बाँकी थियौं अली अंध्यारो पनी हुन लागेको थियो। र पानीमा रुझ्दै घर तर्फ लाग्दै थियौं तर झन ठुलो पानी पर्दै  गड्याङगुडुङसहित बिजुली चम्कीरहेको थियो। 


हामी घर जाने बाटो मा सानो सल्लेरी बन थियो। हामी डराउदै डराउदै कुद्न थाल्यौं लुगा जम्मै भिजेर निथ्रुक्क भएको थियो। लुगा भिजेर होला कुद्न पनी गारो भएको थियो। र एउटा सल्लाको रूख मुनी  तिनै जना वत लागेर बसिरहिम। 


पानीले भिजेर जाडो पनी भएको थियो काम्दै  बसिरहेका थियौं तेसै बखत ठुलो बिजुली चम्किएर ठुलो गर्ज सहित को गड्याङगुडुङ गर्यो हामी डरले कान थुनेर आंखा चिम्लेर बसिरहेका थियौं र एक छिन् मा आंखा खोल्दा पल्लो रुखमा आगो बलेर धूवाँ आइरहेको थियो रुख पुरै कालो भएको थियो। 


त्यहाँ त चट्याङ लागेर  तेस्तो भएको रहेछ त्यो देखेर झन डर लाग्यो र हामी फेरी कुद्न थाल्यौ। लुगा र किताब सबै भिजेका थिए। धन्न हामी कसरी बाच्यौं भनेर अचम्म लाग्यो। त्यस दिन त पक्कै बिधाताले हामी लाई बचाए जस्तो लाग्यो। 


त्यस पछी हामी कुदेर बल्ल तल्ल आफ्नो घर पुग्यौ। र घरमा आमा लाई सबै कुरा सुनायौं र आमा पनी डराउनु  भयो। 


पानी परेको बेला कहीलै पनी ठूलो रुख मुनी वत लाग्नु हुदैन भन्ने कुरा हामी लाई पहिले थाहा थिएन आमाले भन्नुभए पछी मात्र थाहा भयो। यसरी हामी धन्न बाचेर आयौं हामीलाई बिधाताले नै बचाएको रहेछ। 


✍️ बिमला अन्जान