म दिनहुँ अफिस जांदा र आउदा लोकल बसको यात्रा गर्ने गर्थे । बसाई भक्तपुर र अफिस कीर्तिपुर दैनिक लोकल बसको यात्रा गर्दा सारै नै गार्हो हुने गर्थ्यो। दिन मा चार वटा गाडी चढ्नु पर्थ्यो।
भक्तपुर बाट आउने गाडी भक्तपुर बाट नै सिट फुल भ एर खचाखच भरिएको हुन्थ्यो। म गाडी चढ्ने ठाउँ कौशल टार मा गाडी आईपुग्दा बसको ढोकामा नै झुण्डिएर मानिस आएका हुन्थे म पनी ढोकामा झुण्डिएर एउटा खुट्टा मा अर्को खुट्टा ले टेकेर बलजफत ले ढोकामा हातले समातेर बल्लतल्ल अडीएको हुन्थे! केही कदम हात गलेर फुस्कियो भने सिधै रोडमा पछारिन्थे ।
यस्तो ज्यान जोखिमपूर्ण यात्रा गर्नुपर्छ! कुन दिन चैं समाचार को पात्र भैईन्छ जस्तो संधै लागी रहन्थ्यो। जहीलै यस्तै गरेर जाने मेरो दैनिकी नै हुन्थ्यो।
अफीस जान लाई २ घण्टा आउन लाई २ घण्टा टाईम छुट्याएर हिड्नु पर्थो। कौसलटार देखि को जाम कोटेश्वर सम्म हुन्थ्यो।त्यो जाम अनी गाडी भित्रको खचाखच भिड!के होला? आफ्नो हबिगत? अफिस पुग्दा जहिल्यै ढिलो हुने जैले गाडी जाम थियो भन्न पनी लाज नै हुन्थो तर के गर्नु? जाम नै भएको हो। यसरी आधा घण्टा टाईम को बाटो २ घण्टा लाग्थ्यो।
गाडी त यसरी चढेर गैईन्य्थो त्यही माथी खलासीको किचकिच भित्र सर भित्र सर भनेर कराईरहन्थे। खचाखच भरिएको ठाउँमा भित्र सरेर पुरै आफ्नो सरीर च्यापिएको हुन्थ्यो खुट्टा टेक्ने ठाउँ पनी हुदैनथ्यो निसास्सिएर गार्हो हुन्थ्यो। गाडी मा सिट पाउनु भनेको चिठ्ठा परे जस्तै हुन्थ्यो। उभिंदा उभिंदा आफ्नो खुट्टा लठ्ठी जस्तै अररो बांसको खम्बा जस्तो हुन्थ्यो। खुट्टा दुखेर, खुट्टा झमझम गरेर, खुट्टा निदाउने,गल्ने हुन्थ्यो।पुरै स्ट्याचु जस्तै भएर न यता फर्कन सक्नू न उता फर्कन सक्नु धेरै नै सास्ती खेप्नुपर्थ्यो।
त्यती मात्र काहाँ हो र ? गाडीभाडा मा पनी संधै जसो खलासी संग किचकिच भैईनैरहन्थ्यो खलासी अनुसार को गाडी भाडा हुन्थ्यो धेरै मानिसहरू संग भाडाको लागि झगडा नै हूने गर्थ्यो। उसले बढी मागेको भाडा दिएन भने मनपरी मुख छाडेर नराम्रो अपशब्द बोल्थे र संधै भाडा रेट भन्दा ५ रुपैयाँ बढी नै पैसा दिनु पर्थ्यो।
यो खचाखच भरिएको गाडी बाट आफ्नो ठाउ आईपुग्दा ओर्लन सारै नै सास्ती हून्थ्यो। पछाडि बाट अगाडी आईपुग्न युद्ध नै जितेर आए जस्तो हुन्थ्यो। हुलमा कसैको खुट्टा छोईयो भने गाली गलोज नै गर्थे।
अर्को पिडा भिन्दै छ पकेट मार को बिगबिगी! हुन्छ त्यो भिडमा पकेटमार पसे पछि कसैको पर्स चोरी हुने , कसैको मोबाइल चोरी हुने, कसैको ब्याग बाट पैसा चोरी हुने, कसैको गल्ती बाट चोरी हुने गर्छ। मेरो पनी कयौँ पटक पकेटमार ले पैसा र मोबाइल पकेट मार ले लागीसकेको छ। एकदिन त म संग गाडी भाडा मात्र थियो तेही गाडीभाडा पनी पकेटमार ले लगी दिएछ भाडा तिर्ने बेलामा पैसा निकाल्न खोज्दा पैसा छैन खलासी को नराम्रो अपशब्द सुन्नु परेको थियो ।
झन ठुलो पिडा अर्को छ लोकल बसको भिडभाडमा नराम्रो नियत भएका खराब चरीत्र भयका मानिसहरू पनी हुन्छन् र मौकाको फाईदा उठाउने पनि हुंदा रैछन् पछाडी बाट धकेल्ने, संबेदनसिल अंगमा हात लगाउने ,छुने, छेडखानी गर्ने,अन्य कुदृष्टि ले हेर्ने आदी नराम्रो हर्कत गर्ने गरेको पनी देखेको भोगेको छ।
हाम्रो देशमा यस्तो सकस गरेर काम मा जान बाध्य हुनुपरेको छ। हामी जस्तो मध्यम बर्गिय महिला हरु लाई लोकल बसको यात्रा ज्यादै कठिन हुने गरेको छ।
आफुले भोगेको पिडा पोख्न खोजेको मात्र हो। हजुर हरु को अनुभव पनि सेयर गर्दा हुन्छ!
✍️ बिमला अन्जान


0 Comments