फोन आयो भाइ एउटा काम आएको छ गर्छौ….? म दाइ कहाँ हो र के कस्तो भन्न नपाउदै उता बाट भन्नुभयो एउटा पुलिस चौकी गर्नु पर्ने छ ओखलढुंगा रुम्जाटार तिर हो ….. सोचेर खबर गर है।
म सामन्ने काम लिन्थे सायद तेतिबेला मेरो फुर्सद नै थियो। सोचे सम्झेर अ हुन्छ नि दाइ भनेर फर्काए फोन…. अब काठमाडौ बाट टाढा मेरो पहिलो काम थियो।यहाँ बाट ३/४ जना लिएर जाने निधो गरे …. तर सुरुमा म आफै बुज्छु अनि बोलाउछु भन्ने हिसाबले म कोटेश्वर गएर गाडी चढे ५:३० तिर र लागे ओखलढुंगा खानी भञ्ज्याङ् ।
सागा हुँदै त्यो हरियाली र सुन्दर बस्ती नियाल्दै काभ्रे ,काभ्रेपलान्चोक ,सिन्धुली खुर्कोट ती सुनकोसी र तामाकोसी को दोभान हुँदै सुनकोसीको तिरैतिर…. बिस्तारै काठमाडौको अभाव महसुस बटुल्दै उदयपुर घुर्मी हुँदै उदयपुर र ओखलढुंगाको सिमाना हर्कपुर पुगे … लगभग त्यहाँबाट ३ घन्टा उकालो लागेसी ओखलढुंगा बजार आइपुग्ने रहेछ ।
म काठमाडौ मा हुर्केको तर ओखलढुंगा नै मेरो घर थियो त्यो बाटो म केबल नागरिकता र पासपोर्ट बनाउन हिनेको थिय । कोसि छेउ गर्मीले हफहफ भएको उकालो लागेसी सिरसिर हावाले चुम्न थाल्यो । घुम्ती पिछ्छे २ ओटा नदि देखिन्थे यता सुनकोसी उता दुधकोसी 😍😍 बतोमा करिब डेढ दुई सय भेडा १ जना दाइले गोठालो लाग्नु भएको रहेछ त्यो दृश्यले म तान्निय येतिधेरै थिएकी २/३ घुम्ती बाटो जङ्गल भरी भेडा मात्र देखे🤗🤗।
करिब करिब साढे २ बजे म मिलन चोक पुगे ओखलढुंगा बजार डाडैडाडामा सुन्दर बजार हो त्यहाँ एकदम ठूलो फाट देखिन्छ र त्यो रुम्जाटार हो पहाड नै पहाड को थुम्को ओरिपरी अनि बिचमा ठुलो फाट मनै लोभ्याउने मनमोहक दृश्य । मेरो यात्रा खानिभन्ज्याङ सम्मको थियो त्यहा बाट बुलेरो चढेर लागियो ….. रुम्जाटार हुँदै तल झरियो …. दुइटा खोला तरेर फेरि उकालो लागियो लगभग ५ बजे तिर गन्तव्य पुगियो १२ घन्टाको यात्रा पश्चात् साझ परिसकेकाले मलाई के इ मेसो नै भएन ।
अब त म धेरै टाढा आइपुगे पुर्ब कता पश्चिम् कता ठम्याउन गारो भाथियो । म त्या पुगे पछि १/२ दिनमा सथिहरु बोलाए । र काम पनि सुरु गरियो …. सधै काम हुन्न थियो त्यहा ओरपर घुम्नु पनि त छ त्यहा नजिकैको गन्तव्य कोट्देबी ,रबुवा, टोपा गुफा र नेचा थिए । हामी येस्तो ठाउमा थियौ सोलुखुम्बु ,ओखलढुंगा र खोटाङ सजिलै पुग्न सक्थेउ….. कोट्देबी बि.स १८२५ मा निर्माण भएको मन्दिर रहेछ १ घन्टा उकालो हिने पश्चात् न्यानो महसुस भयो … त्या बाट एकदम अग्लो हिमाल देखियो सारै मनमोहक पनि मैले त्यो ठाउँको कत्ती आमा बुवलाइ सोधे कसैले भन्नू भएन थाछैन भन्नू भयो ….
गूगल म्याप गरेर हेर्दा मकालु देखायो तर आजसम्म थाहा पाइन …. अचम्म त के भने ओखलढुंगा र सोलुखुम्बु को सिमाना रहेछ एकदम ठुलो पहाड आदि ओखलढुंगा र आदि सोलुखुम्बु रहेछ ।त्यहा बुधबार बुधबार हाट लाग्ने रहेछ हरेक कुरा पाइने तर बुधबार नै कुर्नु पर्ने रहेछ सोलुखुम्बु नेचा ओरिपरि बाट बुढी बुढी आमा हरु लगभग ३देखि४ घन्टाको बाटो हिनेर आउनु हुदो रैछ सारै माया लाग्ने ती पसिनै पसिना काढेर तेत्रो ओरालो बाटो भारी बोकेर कम्तीमा ५० माथिका आमा हरु मिल्ने र पुग्ने भए म सबैको आलु किनिदिन्थे घर फर्किदा ठुस्स अनुहार नबनाइ पठाउथे तर म पनि त सामान्य मान्छे 😥😥 म निसब्द रहे …
हामी काठमाडौ ती बुडा बा आमालाई छोडेर भबिस्य बनाउन पढ्न आउछौ । तेति दुख गरेर् पनि नानी कस्तो छ तलाइ खर्च पठाइदिउ भन्ने आट छ हामी के गर्छौ दसैंमा मात्र पुग्छौ कति त तेति पनि गर्दैनौ😑😑😑 आश मीठो राखेर बस्नु हुन्छ बुवा आमा☹️ एकदिन हामी ४ भाइ लागेउ टोपा खानी तिर लगभग साढे १ घन्टाको पर रहेछ अमला गोजिभरी बोकेर खादै उफृदै टोपा खानी चाइ बास्तबमा तामा खानी रहेछ निरीक्षण गर्दा खनिएको गुफा ।
मगर गाउँ नजिकै रहेछ बाटोमा भेट्ने जतिलाइ सोधी खोजि ….. गएउ भिडियो बनाएउ धेरै भित्र सम्म छिरेनौ किनकी हामिलाइ तेस्तो के इ थाहाथिएन र फर्किएउ त्यो गाउँमा येउटा घरको छानो हालिरहेका थिय .. सायद गाउका सबै थिए २५/३० जना जति बुढा आमा बुवाहरु सबै हामी ४ जनालाई नियालेर हेरिरहनु भयो त्यो ठाउँ नकटुनजेल सम्म आउदा जादा पनि😥😥 दु:ख लाग्यो मलाई न छोरो खबर नगरी पो आएछ कि….. कस्को छोरो आको हो न मेरो नि आउदै छ कि ….?
ती प्रश्न मनमा खेलिरह्यो होला ….. बिदेश गएका काठमाडौ गएका छोराछोरी ले कम नै सम्जिन्छन हुन त उनीहरुको बेस्तता होला तर आस राख्ने ती बाबुआमा नै हुन । कुनै चाड आउदा खल्लो महसुस हुन्छ ।अब त उमेर भैसक्यो अब छोरो आउला त भन्ने लाखौं आमा बा को आश हुन्छ । गाइभैसी गोठ उकाली ओराली गाउँ बेसि गर्दा गर्दै थाकेको मनमा मात्र एउटा आश हुन्छ र त्यो आफ्नो छोराछोरी हो। तपाईं जतिनै माथी किन नपुग्नु आफ्नो आमाबुवा र धरातल कहिले नबिर्सिनु ।
🙏🙏 नमन ती आमा बुवाहरुको लागि जो अझैसम्म आशमा हुनुहुन्छ्😥🙏🙏❤️❤️


0 Comments