कहाँ बाट आयो यो कोरोना महामारी! जताततै कोरोना को कहर छ न गाउँ न सहर न देश न संसार सबै तिर यत्रतत्र फैलिएको छ! 

कहीँ भिडभाड मा जान नहूने, सामान किन्न जानु नहुने, दुई चार जना भेला भएको ठाउँमा जानै नहुने!

 सरीर मा टास्सि हाल्ने कस्तो लेपासो आईलागेको मानब हरु लाई? आफन्त बिरामी भएर लडेका छन् यसो बोलाउन जान नहुने, आफन्त पिडाले छट्पटाईरहेका छन् नजिक गएर  सान्त्वना दिन नहुने कस्तो बिडम्बना!! 

आफ्ना मान्छे स्वर्गिय भई रहेका छन् भेट्न जान नहुने सान्त्वना दिन जान नहुने! यहाँ सम्म कि मलामी जान नपाइने केही कथम गईहाल्यो भने आफैं लाई रोग सर्ने अनी आफ्नो मा को आउने? 

यस्तो बिसम परिस्थिति मा उहिले उहिले का उखान लाई पनी पाखा लगाइदियो यो कोरोना ले (जिउँदा को जन्ती मदाॅ को मलामी) यो कोरोना ले कती पय भरखर का नबजवान हरु देश को लागि केही गर्छु भन्ने हरु लाई केही गर्न नपाउदै लग्यो।

 कती को काख उजाड्यो, कतीको कमाउने छोरा छोरी लगेर गांस खोस्यो, कती लाई टुहुरो बनायो, कतीपय लाई आफ्नो भबिस्य सिंगारने सपना अधुरो बनायो यो पापी कोरोना ले! 

यस्ता अनगिन्ती मानिस हरु को घरमा दुख छाएको छ। जताततै त्रास नै त्रास छ। यो डरै डरमा बांचिरहेका लाई पनी डिप्रेसन को सिकार हुनु परेको छ। कतीका रोजगार खोसिएका छन्, कती मानिस का कल कारखाना, उध्योग बन्द भएका छन्, कती मानिस रीणमा डुबेका छन्। 

बचेखुचेका मानिस लाई तहसनहस बनाएको छ यो कोरोना महामारी मा। यसरी मानिस कोरोना को चपेटामा परेर भोक भोकै बस्न पनी बाध्य छन्। देश बिकास गर्ने र जनतालाई हेर्ने सरकार मौन छ। 

कोरोना बिरुध्ध को खोप पनी  सिमित मात्रामा मात्र आएको छ! त्यो पनी सोर्स फोर्स हुने र ठुला बडा आफ्नो भएका लाई मात्र लगाएको छ। सबॅ साधारण हेरेको हेरै! यो कोरोना महामारी कहीले अन्त्य होला? 

कहीले सम्म बिरामी भईरहने होला? दैनिक काम गरी खाने मानिसहरु कैले सम्म भोकै बस्ने होला? मानिस कैले सम्म मरीरहने होला? 

✍️ बिमला अन्जान