सानै उमेर देखि नै केही न केही नयाँ कुरा हरु सिक्न लाई धेरै रहर लाग्थ्यो तर अबसर नै पाइएन।
मलाई गित गाउन, हार्मोनियम बजाउन, गिटार बजाउन, तबला बजाउन धेरै रहर र मन लाग्थ्यो। मलाई नाच्न गाउन पनी धेरै रहर लाग्थ्यो।
घरमा ठूलो ऐना थियो ऐनामा हेरेर कहिले कहीँ नाच्ने गरॅदथें तर आमाले देखेर गाली गर्नु हुन्छ भनेर डर लाग्थ्यो।
अनी स्कुल को प्रोग्राम हरुमा पनी भाग लीन चैं रहर लाग्थ्यो तर लाज लाग्ने लाज मान्ने बानी ले गरदा जैले पनी पछाडी भएर खासै भाग लीन पनी सक्दिनथें। मेरो अली कम बोल्ने बानी ले गरदा पनी अगाडि बढ्न नसकेको जस्तो लाग्छ मलाई!
हाम्रो मधेस मा पनी खेतीपाती घर थियो। कहीले छुट्टी हुन्छ र मधेस जाने भनेर दीन गनेर बस्ने गर्थे छुट्टी नजिक नजिक आए पछी एकदम खुसी लाग्थ्यो।छुट्टी हूने बित्तिकै भोली पल्ट नै मधेस जान तयारी मा लाग्थे।
त्यती बेला को समय गाडीको सुबिधा थिएन धनकुटा बाट पैदलै हिडेर धरान पुगिन्थ्यो। केटाकेटी उमेर मा खुट्टा दुखेको पनी थाहा पाईदैन थियो।
पैदल हिडेर दीन भरी लाग्थ्यो धरान पुग्न लाई । पैदल हिंडेरै राती आठ नौ बजे तिर धरान मा पुगेर आफन्त को घरमा आएर बास बसेर भोली पल्ट ईटहरी पुगिन्थ्यो। ईटहरी पुगे पछी भिन्दै किसिमको रमाइलो हुन्थ्यो।
सम्म ठाउँ धान रोपेको बेला हरीयाली! धान पाक्ने बेला सुनौलो कलर को देखिने कती रमाईलो हुन्थ्यो । गाडी गुड्ने रिक्सा चढ्न पाइने बसमा चढेर कहिले धरान कहिले बिराटनगर जान पाइने ।
बिराटनगर दिदी को घर थियो दिदी को घर मा बस्ने गरी जान्थें दिदी को घर मा जांदा दिदी भिनाजु ले सिनेमा देखाउन लानु हुन्थ्यो धेरै रमाइलो लाग्थ्यो। मानिस हरुले गाडी गुडाएको देखेर धेरै अचम्म लाग्थ्यो। बाइक चलाएर हिनेको देखेर छक्क लाग्थ्यो।
मलाई पनी बाईक हांक्न धेरै रहर लाग्थ्यो । साईकल हांक्न चैं बल्ल सिक्न लागेको थिएं तर काठमाडौं आएर सिक्न पाईएन।
सानै उमेरमा मधेस आए पनी केही सिक्ने अबसर पाईएन। घरमा आमा हजुरआमाहरूले खाली टपरी गांस्न सिक, बत्ती कात्न सिक, सेल रोटी बनाउन सिक मात्र भन्नू हुन्थ्यो। यो सिकेन भने पछी दुख पाइन्छ भन्नुहुन्थ्यो। मलाई चैं धेरै कुरा सिक्न रहर र मन लाग्थ्यो।
आफैं सिकेर चुलेसी ले काटेर कैले तन्दाको फृक, म्याक्सी सिलाउथें कैले आमाको साडी काटेर फृक, स्कट, म्याक्सी सिलाउथें लुगा सिलाउन मेसिन थिएन हातले नै पेटिकोट, ब्लाउज, भाई बैनी लाई बेबी फृक हरु सिलाउथें चौबन्दी चोलो पनी सिलाउथें। मैले चूलेसिले काटेको देखेर कैंची कीनिदिन्छु भन्नु हुन्थ्यो हजुर आमाले बुवा ले पनी सिलाई मेसिन कीनिदिन्छु भन्नु हुन्थियो तर किन्ने मौका मिल्दैनथ्यो। मैले सिलाएको चोलो मेरो हजुर आमा लाई लगाउन सजिलो लाग्छ भन्नु हुन्थ्यो।
मलाई स्विटर बून्न, कुरुसले रुमाल बुन्न पनी धेरै रहर लाग्थ्यो । टिका लगाको पैसाले स्बिटर बुन्ने कांटा किनेर ल्याउँथे तर धागो किन्ने पैसा हुँदैनथ्यो।
हाम्रो पालामा कपडा मा धागो को बुट्टा भर्ने चलन थियो। त्यो पनी मैले धेरै नै बनाएको थिएँ। तेती बेला को समयमा केही सिकौं केही गरौं भन्ने आंट जांगर आउँथ्यो। तर समयले पर्खदो रहेनछ। आमा हरुले सिक भनेको कुरा टपरी गांस्न बत्ती कात्ने भन्ने कूरा त त्यती सारो आबस्यक हुदो रहेनछ टरी हाल्दो रहेछ।
त्यती बेला गाडी चलाउन, बाईक चलाउन, बनाउन सिक्नुपर्ने रहेछ। हूनत त्यस बखत निकै धनी मानी हरुले मात्र गाडी किन्ने गर्थे अनी केटी हरुले बाइक चलाउदैनथे।
काठमाडौं मा पनी सिक्ने अबसर हरु कती थिए तर केही सिक्ने अबसर पाईएन।
त्यती बेला घरेलुमा महिला हरुलाई कती सिप मुलक तालिम दिइन्थ्यो जस्तो बिउटि पारलर, लुगा सिलाई, कटाई, बुनाई, खाद्यान्न उध्योगको फास्ट-फुड खाना बनाउने तालिम आदी धेरै किसिमका तालिम हरु थियो। उल्टै खाजा खर्च पनी दिने सरकारी योजना थियो तर पनी त्यसमा सामेल हुन नसकेको मा पछुतो लागेको छ।
हामीले आफुले जानेको काम कुरा हरु लाज नमानी म गर्न सक्छु भनेर हिम्मत गर्यो भने भबिस्य राम्रो हुने रहेछ । मानिस हरु ले केही उध्योग गर्न, काम सिक्न लाई उमेर र समय मैं गर्न सक्नु पर्ने रहेछ।
समय मै काम सिक्यो, तालिम प्राप्त गर्यो भने आय आर्जन को श्रोत राम्रो हुने रहेछ। त्यसले जिबन धान्न लाई र उन्नती प्रगति गर्न को लागि अबसर मिल्ने रहेछ।
आफुले जानेको कुरा को सही सदुपयोग समय र उमेर हुंदै गर्नुपर्ने रहेछ भन्ने आज आएर महसुस भएको छ।
✍️ बिमला अन्जान


0 Comments