एउटा ठूलो धनाढ्य मानिस को घरमा कुकुर र बिरालो दुवै पालेको थियो रे त्यो घरका मानिसहरु ले कुकुर र बिरालो लाई समान तरिकाले माया गरेर पालेका थिए रे। गाडीमा राखेर लैजान्थे रे घुमघाम गर्न जांदा, कतै रमाइलो गर्न जांदा, पिकनिक जांदा संगै लान्थे रे।
कहीले कही मालिक हरु काममा जांदा खेरी घरमा कोही नभएको बेला कुकुर र बिरालो झगडा गरी रहन्थे रे। उनीहरूले झगडा नगरुन् भनेर वल्लो छेउमा र पल्लो छेउमा खोर बनाएर राखेको थियो रे। बिरालो वल्लो छेऊ बाट ङ्यारॅ ङ्यारॅ गर्थ्यो रे पल्लो छेउ बाट कुकुर भु भु गरेर झगडा गर्थे रे।
एक दिन मालिक हरु नभएको बेला घरमा चोर आएछ रे त्यो चोर लाई कुकुर ले भुकेर चोर भगाएछ र चोर भागेछ रे अनी बिरालो ले किन चोर भगाको? चोर? चोरन दिए भै गो नी तिम्रो के जान्छ र? भनेछ तर कुकुर ले जबाफ दिएछ म त यो घर को रखवाला गर्ने चौकीदार हुं म हूंदा हुंदै चोरन म दिन्न भनेछ रे अनी बिरालो ले तिम्रो इमानदारी ता! भनेर हांसेर खिल्ली उडाएछ रे।
एक दिन कुकुरले भनेछ रे हामी किन मिलेर बस्न नसकेको होला हगी बिरालो? हामी एउटै घरमा बस्छौं, एकै किसिमको खाना खान्छौं, हाम्रो मालिक एउटै हुन् र पनी तिमी र हामी किन मिल्न नसकेको होला!
अब देखि मिलेर बसौं न ल? भनेर कुकुर ले भनेछ तिमी पनि मील म पनी मील्छु ल? भनेछ तर! बिरालो ले म त तिमी संग मिल्नै सक्दिन! भनेछ अनी कुकुर ले सोधेछ? किन? मिल्न सक्दैनौ? अनी बिरालो ले भनेछ रे।
तिमी र म मा धेरै अन्तर छ! अनी कुकुर ले सोधेछ भनन के अन्तर छ तिमी र म मा? भनेर सोधेछ! अनी बीरालो ले भनेछ ल सून! म भन्छु भनेर भन्न थालेछ।
हेर? तिमी धेरै सोझो छौ, मालीक हरु लाई बफादारी गर्छौँ, मालीक ले जे भन्यो तेही मान्छौ, घरका सबै मानिस लाई मायां गर्छौँ, घरका मान्छे आउदा स्वागत गर्छौ, घरका मालिक बाहिर गए दुखि हुन्छौं, घरका मालिक हरु बिरामी भए भने तिमी पनि बिरामी जस्तै दुखी भएर खाना खादैनौ, घरका केटाकेटी संग रमाएर उफ्रि उफ्रि खेल्छौ, तिमी लाई जती उफारे पनी नथाकी कन उफ्रि रहन्छौ!
तिमी यती क्षानी छौ र पनी तिमी लाई यती ठुलो साङ्लो ले बांधेर थुनेर राखेका छन्! न तिमी कतै निस्फिक्री संग हिड्न पाउछौ, न तिमी कतै जान. सक्छौ, न आफुखुसी खेल्न पाउछौ! तिमी लाई कैदी जस्तै बाँधेर राखेका छन् र पनी तिमी खुसी छौ।
मलाई हे र त? म जाहा पनी जान सक्छु, जे पनी खान सक्छु, म मालिक को काखमा बस्न सक्छू। मालिक को ओछ्याउन मा सुत्न बस्न सक्छु, कसैले नदेखि दुध चोरेर खान सक्छु, मासु पकाइएको चोरेर खान सक्छु, म निस्फिक्री जां पनी जान सक्छु।
म त तिमी जस्तो कैदी भएर बस्न सक्दिन। म जता डुलेर आए पनी मलाई मालीक ले मायां गरी हाल्छन्! मालिकहरु बिरामी हुन की! मरुन कि! जतासुकै जाउन मलाई त मतलव छैन! तिम्रो जस्तो! के तिमी म जस्तो बन्न सक्छौ? भनेर बिरालो ले सोधेछ!
अनी कुकुर ले आंखा भरी आंसु आंसु पारेर भनेछ! ए? बिरालो? तिमी कती बदमास! सारै बैगुनी रहेछौ! कम से कम नुन को सोझो त गर! जसले खान दिन्छ, सफा सुग्घर राख्छ, मायां गर्छ, तिमी बिरामी भएको बेला पशु हस्पिटल लगेर औषधि गरेर निको पारी दिन्छन् ! र पनी तिमी बिश्वास घाती बन्छौ? भनेर कुकुर ले सम्झाएछ।
अनी बिरालो ले जबाफ दिएछ हो? तिम्रो र मेरो यही कारण ले गरॅदा त मेल कहीलै हुन सक्दैन भनेर मैले भनेको हैन? यदी मिल्ने भए देखि मैले भने जस्तै गर अनी तिमी र म मिल्न सक्छौं नत्र मिल्न सकिँदैन भनेर बिरालो ले भनेछ ।
अनी कुकुर ले जबाफ दिएछ! भैगो बिरालो मित्र! म मेरो इमान्दारीता छोड्नु सक्दिन मलाई माफ गर! म यो कैदी जीवन भोग्न तयार छु तर म यो इमान्दारीता छोड्न सक्दीन।। ।।
✍️ यो कथाले दिन खोजेको सन्देश पाठक आफैले बुझ्नु होला। धन्यबाद
✍️ बिमला अन्जान


0 Comments