मैले थाहा पाउने उमेर देखि नै हजुर आमा भन्न पाएको थिऐं मैले। संसार मा सबैभन्दा बढी मायां मलाई हजुर आमा ले नै गर्नु हुन्छ जस्तो लाग्थ्यो मलाई। हजुर आमा संधै बिहान उठेर नित्य कर्म नुहाई, धुवाई, पुजा पाठ गर्नु हुन्थ्यो। जाडोको मौसममा पनि संधै नुहाउनु हुन्थ्यो।
हजुर आमा गीता देवी भक्त हूनुहुन्थो १८ अध्याय गीता बिष्णु सहस्रनाम कन्ठस्त थियो। कोमल गीता त हरबखत पाठ गरीरहनु हूनुहुन्थो। सबै मुखाग्र थियो मेरा भगवान् नै गीता, कोमल गीता,भागबत गीता हुन भन्नु हुन्थ्यो, गीता मा ज्यादै प्रेम र श्रद्दा थियो।
हजुर आमा लाई प्रायः सबै भगबान को स्तोत्र मुखै बाट कण्ठस्थ हुन्थ्यो। हजुर आमा ले बिहान भरी स्तोत्र पाठ गरेको सुनेर मलाई पनी कती पय स्तोत्र अझै कण्ठ भएको छ।
हजुर आमा संग सुत्न लाई भाई बहिनी संग झगडा नै हून्थ्यो हाम्रो झगडा भएको देखेर हामी लाई पालैपालो गरेर सुताउनु हुन्थ्यो। र सबै निदाए पछी म मात्र हजुर आमा संग सुत्तथें।
हजुर आमा ले हामी लाई कथा हरु सुनाउनु हुन्थ्यो। उहीले उहीले आफ्नो जिबनमा घटेका घटना हरु र पहीले पहिले का घटना हरु कथा जस्तै गरेर सुनाउनु हुन्थ्यो हामी चाख मानेर सुनिरहन्थ्थौं कहिले सुन्दा सुन्दै निदाउथ्थौं।
हजुर आमा कतै बजारमा, हटिया जानु भयो भने रातो मिठाई मिश्री ल्याइदिनु हुन्थ्यो त्यो मिठाई अहिले को क्याटबरी भन्दा पनी मिठो हुन्थ्यो। कतै बिबाह,ब्रतबन्ध, पुजामा जानु भयो भने घरमा नाती नातिना छन् भनेर खानेकुरा रोटि, फलफूल, कसार, सेल हरु ल्याईदीनु हुन्थ्यो।
हामी लाई जतन जगडा गर्न, किफायत गर्न सिक्नु पर्छ यो सिक्यो भने पछी आफुलाई घर ब्यबहार चलाउन सजिलो हुन्छ भनेर सिकाउनु हुन्थ्यो। हाम्रो हजुर आमा ले बिहान ट्वाइलेट गएको लुगा लगाएर भान्सा मा जान, फोहोर लुगा लगाएर खान हुदैन भन्ने सिकाउनु हुन्थ्यो। संधै चोखो लुगा लगाउने सफा लुगा लगाउने बानी सिकाउनु भएको थियो। यो कुरा हामी संधै लागु गरीरहेका छौं।
हाम्रो हजुर आमाले बडो संघर्ष पुणॅ जिबन बिताउनू भएको रहेछ। हजुर आमाले थाहा पाउदा बुवा स्वर्ग भै सक्नु भएको थियो रे आमा मात्र हुनुहुदो रहेछ आफ्नो दाजुभाइ कोही थिएनन् रे। त्यसैले आमाले ४४ बषॅ को बुढो संग ९ बषॅ को बालखै उमेर मा बिबाह गरीदिनु भऐको रहेछ! ४४ बर्ष को बुढा संग ९ बर्ष की कन्या जग्गे घुम्दा कस्तो देखियो होला! कस्तो जमाना कस्तो अविबेक !
हजुर आमा बिबाह भएर गएको घरमा आफु भन्दा धेरै ठुला उमेर का छोरी हरु थिए रे सानै उमेर देखि नै बुहार्तन सहदै आउनु भएको रहेछ। घरमा सौतेनी मामलो ले गरदा धेरै दुःख दिएका थिऐ रे। घरमा खान पनी छुट्याउँथे रे। दिनभरी खेत मा गएर काम गरेर फरकदा घरमा जुठो भांडा मात्र उरुङ लगाएर राखेको हुन्थ्यो रे खाने कुरा चैं केही केही रहर पहल मात्र हुन्थो रे। कती रात त भोकै सुत्नु पर्थ्यो रे। अन्तरी छोरी अत्यन्तै असल हुनुहूदो रहेछ उहाले चैं हजूर आमा लाई काम सघाउनु हुन्थ्यो रे।
हजुर बुवा दयालु स्वभाव को हुनुहुन्थ्यो रे कसैले थोत्रे लुगा लगाएको देख्यो भने आफ्नै लुगा फुकालेर दिएर आउनु हुन्थ्यो रे। हजुर बुवा अत्यन्त दयावान, गाउँ समाजलाई नै एकै परीवार देख्ने परोपकारी, फुर्तीलो, जांगरीया, सदाचारी,देवपुजक,आस्तिक हुनुहुन्थ्यो रे।
घरमा कपडा ,सुना चांदी, भांडा बर्तन हराई रहने र हजुर आमा लाई चोर दोस लगाउने गर्थे रे अन्त्य मा चोर चैं अरु नै हुने रहेछन् तर हजुर आमा लाई दोस मात्र दिने रहेछन । अन्त्यमा हजुर आमा ले नै चोर पत्ता लगाउनु हुदो रहेछ ! साईली फुपुले माईतीका सामान चोरेर लानु हुदो रहेछ। साईली फुपु को घरमा हराएका सामान भेटिने रहेछन्।
जे कुरा पनी भन्ने बित्तिकै काम भएन भने हजुर बुवा चाडै रीसाउनु हुन्थ्यो रे रीस उठेको बेला काक्रा को थाङ्रो उखेलेर कुट्न लाई लखेट्नु हुन्थ्यो रे। अनी चांडै रीस पनी सेलाउने बानी थियो रे।
हजुर आमा ले बढो संघर्ष गरेर यहाँ सम्म आई पुग्नुभएको रहेछ। हजुर बुवा चांडै नै लाला बाला छोडेर स्वर्ग बास जानु भएको रहेछ । हजुर आमा ले बढो साहस पुर्ण छोरा छोरी हुर्काइ, पढाई, लेखाई गराउनु भएको थियो।
हजुरआमा मधेस मा गएर बसेर खेतीपाती सम्हाल्नु भएको थियो। पछी हामी पनि धनकुटा छोडेर मधेस तिरै बस्न गएका थियौं। हजुर आमाले मधेस मा ठुलो ब्यबहार गरेर बस्नु भएको थियो। हामी मधेस आउन पाएर धेरै रमाएका थियौं। मधेस को सम्म ठाउँ, धान रोपेको बेला हरीयाली, धान पाकेको बेला सुनौलो देखिने निकै रमाइलो बाताबरण थियो। राजमार्ग को छेउमा घर गाडी गुडीरहने मानिस आबत जावत गर्ने दृश्य देखेर रमाइलो लाग्थ्यो। हजुर आमा को पालामा गोठ भरी गाई, भैंसी, खेत जोत्ने गोरु हरु भरी हुन्थे। गोठका गाई भैंसी चराउन लांदा पुरै राजमार्ग ढाकिएको हुन्थ्यो। चैत को अन्तिम देखि आषाढ को सुरु सम्म सबै खेत खाली भऐर गाईबस्तु पनी चरेर घांस धेरै खान पाएर मोटाघाटा हुन्थे।
पहिले पहीले गाई भैँसी चराउने खाली चौर हरु धेरै थिए। घरमा दही, दुध, ध्यु, मोही प्रसस्त हुन्थ्यो जे खान्छु भन्दा पनी खान पाइन्थ्यो। घरमा हली, गोठाला, घांस काट्ने मान्छे, खाना बनाउने मान्छे हरु पनी धेरै थिए। घरमा गोबरग्यांस पनी थियो! गोबर ग्यास को लागि बिहान भरी गाई भैंसी को गोबर संकलन गर्नु पथ्यौॅ। खाना गोबरग्यांस बाट नै पकाउने गरीन्थ्यो। गाईवस्तु को लागि खोले पकाउन चैं दाउरा मा पकाउने गरेको थियो ।
हजुर आमा ले घरमा बस्ने सबै हली गोठालो हरुलाई माया गरेर राख्नु भएको थियो। हजुर आमा ले सबैलाई आफ्नो आफ्नो काम को जिम्मेवारी दिनु भएको थियो। सबै जना लाई अनुसासन मा राख्नु भएको थियो। सबैले हजुर आमा लाई मान्दथे । गाउं भरी सबैको राम्रो गरनू हुन्थ्यो। गाउका सबै इष्ट मित्रहरू को सन्चो बिसन्चो के छ हालखबर सोधी राख्नु हुन्थ्यो कसैलाई दुख परेको छ भने सहयोग पुर्याउन जानुहुन्थ्यो।
हाम्रो हजुर आमा निकै बुद्धिमानी हुनुहुन्थ्यो। हजुर आमा खाना बनाउन खाना को परीकार बनाउन पनी सिपालु हूनुहुन्थ्यो। बोल्न, हिसाब किताब गर्न सिपालु हुनुहुन्थ्यो। हजुर आमा ले भजनहरू गित हरु आफैं रचेर गाउनु हुन्थ्यो। यदी हाम्रो हजुर आमा ले पढ्ने मौका पाएको भए, नेपालको असल, उच्च वहदा मा बस्नु हूने र बिद्धान महीला बन्ने खुबी थियो। एक पटक सुनेको कुरा कहीलै बिर्सनुहुँदैन थियो। हजुर आमा को स्मरण सक्ती तिष्ण थियो। एक पटक ईटहरीमा राधाकृष्ण मन्दिर मा गीता प्रतियोगिता मा प्रथम भएर पुरस्कार पनी जित्नु भयको थियो।
हजुर आमाले नेपाली अक्षर लेख्न पनी सिक्नु भएको थियो। संधै पुजा गर्दा राम नाम लेखेर भगबान लाई चढाउनु हुन्थ्यो। हजुर आमा दयालु हुनुहुन्थ्यो। धार्मिक हुनुहुन्थ्यो, सामाजिक कार्य पनी गर्नु हुन्थ्यो, परोपकारी पनी हुनुहुन्थ्यो। घर मा आएका मान्छे लाई भोकै पठाउन हूदैन भनेर खुवाएर मात्र पठाउनु हून्थीयो। हजुर आमा को मान्यता अनूसार घरमा आएका पाहुना हरू लाई पानी भए पनी खूवाएर मात्र पठाउनु पर्छ भन्ने गर्नुहुन्थ्यो। घरमा आएका आफन्त, पाहुनाहरु लाई केही नखुलाई पठायो भने घरको लक्ष्छीन लिएर जान्छन् भन्नु हुन्थ्यो।
हजुर आमा को पालामा पाहुना पासा हरु आई रहन्थे, घरमा आउने अतिथि भगवान बनेर आउछन् भनेर अतिथि स्वागत राम्रो संग गर्नु पर्छ भन्नु हुन्थ्यो।
हाम्रो हजुर आमा को मितिनी हुनुहुन्थ्यो वाहां एकदम असल, खानदानी र संस्कारी हुनू हून्थीयो। म पनी कहीले कही हजुर आमा संग जान्थेँ त्यहाँ जांदा अर्कै संसार मा गए जस्तो लाग्थ्यो। मितीनी हजुर आमा र हाम्रो हजुर आमा को सम्बन्ध एकदम राम्रो थियो।
कहिले कहीँ मेरो साथीहरु संग खेल्दा खेरी झगडा भयो भने उनीहरूले पख मेरो बूवा लाई भनिदिन्छु भन्थे तर म चैं पख मेरो हजुर आमा लाई भनिदिन्छु भनेर धाक लगाउथें। मेरो साथी हरु मेरो घरमा आउदा हाम्रो हजुर आमा पनी साथीको जस्तै ब्यबहार गर्नु हुन्थ्यो। साथीहरू तेरो हजुर आमा कती मजाको हुनुहुन्छ भन्ने गर्थे। साथीहरू लाई खुवाएर मात्र पठाउनु भन्नु हुन्थ्यो।
हजुर आमा संग कतीपय ज्ञान गुन का कुरा हरु सिक्न नै बांकि थियो। मेरो हजुर आमा कहीलै पनी मर्नु हून्न जस्तो मलाई लागेको थियो। मेरो हजुर आमा जस्तो अरु कसैको हुदैन जस्तो लाग्थ्यो। तर हजुर आमा लाई गुमाउनु पर्दा अझै पनि धेरै दुःख लाग्छ, नरमाईलो लाग्छ। संधै भरी हजुर आमा को याद आइरहन्छ। हुनत सबैका हजुर आमा ले आफ्नो नाती नातीनाको माया नै गर्छन् तर हाम्रो हजुर आमा ले नाती नातीना लाई जिबन सुध्रने ह्द्उपदेश दिएर हामीलाई सदमार्ग मा लाग्ने प्रेरणा दिएर जानु भयो।
हाम्रो हजुर आमा तिब्र प्रतिभाशाली, अत्यन्त चलाख ठिक मौका मा सही र उचित उत्तर दिन सक्ने, धेरै पुराण आदीका ज्ञान भएकी अत्यन्त धार्मिक, अबिस्मरणीय हुनुहुन्थ्यो। हाम्रो हजुर आमा ९१ बर्षमा परमधाम हुनु भयो । वाहांका स्मरण शक्ति ,चतुर्र्यी अलीकती पनी घटेको थिएन। हजुर आमा को जती गुनगान गरे पनी न्युन नै हुनेछ। अब कहीलै वाहाको दर्शन पाईने होईन, स्मरण गरेर हृदयले सम्झना गर्दै चित्त बुझाउन परेको छ भन्दै हजुर आमा लाई हृदय देखिनै अत्यन्त स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गर्दर्छु।
🙏🌹🌺✍️


1 Comments
मैलेपनि हजुरआमाको दर्शन गर्ने मौका पाएको थिए मधेसमा। साच्चिकै हजुरको स्मरण पढ्दा उहाँको बारेको स्मृति पुनः ताजा भयो।हार्दिक श्रद्धासुमन हजुरआमा ।🌻🌿🌺🌹🌼
ReplyDelete