पहिले पहिले को समय मा केटाकेटी हरुको धेरै राम्रो बानी राम्रो अनुसासन थियो। बिहानै उठेर आफ्नो नित्य कर्म गर्ने चलन थियो बिहान को पाइखाना जाने, दांत दतीवन गर्ने, मुख धुने, नुहाउने, सन्जे भन्ने आदी लाई नित्य काम भनिन्थ्यो।
त्यती बेलाको समयमा घर घरमा धारा हुँदैनथ्यो। टाढा पधेरो, कुवा बाट पानी बोकेर ल्याउनू पर्थ्यो।
म सानो छंदा हाम्रो घर माथी एउटा पब्लिक धारा थियो त्यो धारा मा गएर दांत माझ्ने, मुख धुने, गाग्री माझेर चोखो पानी बोकेर ल्याउनू पर्थ्यो। हामी लाई कहीले पनी बिहान छिटो उठ भनेर आमा ले बोलाउन पर्दैन थियो आफैं ५ बजे उठेर नित्य काम गर्ने गरेको थियो।
मेरो काम चैं बिहान को चोखो पानी ल्याउने र आंगन बढार्नुपर्ने थियो यो काम आमाले अराउनु पर्दैनथ्यो।
पब्लिक धारा चैं बिहान र बेलुकाको समयमा मात्र पानी आउँथ्यो। दिउँसो चैं लुगा धुन नहाउन को लागी अली पर कुवा थियो अर्को कुवा घर भन्दा अली माथी हिडेर आधा घण्टा मा पुगिन्थ्यो। घर भन्दा अली पारी निगूरे धारा थियो उम्रे को पानी लाई बांसको भाटा राखेर धारा बनाएको थियो त्यो निकै ठुलो थियो त्यहाँ चैं स्कुल बिदा भएको दिन सनिबार नुहाउन , लुगा धुन जाने गरेका थियौं।
हामी स्कुल जांदा गाउका सबै भेला भएर एकै पटक हुल बाँधेर हिड्थ्यौं। घरको नजिक सानो सल्ला घारी थियो। स्कुल जांदा ओरालो हिड्नु पर्थ्यौं। डांडा बाट ओरालो कुदेर एकै पटक कही नरोकिकन स्कुल पुग्थिउं।
त्यती बेला को समय मा टिफिन लाने चलन थिएन। टिफिन टाइममा खेलेर बस्ने गर्थ्यौ। कहिले कही पैसा भएको बेला खाजा किनेर खाने गरेका थियौं ।
स्कुल बाट घर फरकदा खेरी उकालो चढ्नु पर्थ्यो। हामी बिस्तारै खेल्दै, सल्ला को पात मा चिप्लेंटि खेल्दै, हीड्थ्यौं ।
अनी जंगल मा फलेका फलफूल हरु टिपेर खाने गरीन्थीयो जस्तो कि तेती बेला को जंगली फल गलेनी, डम्फर, गुनेलो, अर्चले, गाया,भक्किम्लो, घुंगरु कती त नाम नै बिर्सी सकियो यही खाएर पेट भरिन्थ्यो। जंगल मा पात पड्काउन लाई कम्पिटीसन हुन्थ्यो कसले ठुलो आवाज निकाल्ने भनेर।
यसै गरी घर फर्कदा खेरी सल्लेरी बनमा निगुरो, कुथर्के, जिब्री साग, च्याउ टिपेर लैजाने गरेका थियौं। यी साग हरु निकै स्वादिष्ट हुन्थ्यो यी साग हरु घर लांदा खेरी आमा हरु पनी खुसी हुनुहुन्थ्यो तरकारी ल्याएछन् भनेर। च्याउ चैं हाम्रो घर मा पकाउने चलन थिएन। कहिले कहीँ साथी को घरमा साथीको आमाले पकाएर खान दिनु हुन्थ्यो। सल्ले च्याउ, डल्ले च्याउ, देउले च्याउ पाइन्थ्यो त्यो समय मा।
हाम्रो पालाको खेलमा डोरी घुमाउने, डोरी नाग्ने, बल बाट गट्टा खेल्ने, भलीबल, ब्याडमिन्टन, हाई जम्प, लङ जम्प, कोठा बनाई, रुमाल लूकाई, म्युजिकल चियर, कोठा नागी, दौड, आंखा छोपी अझै कतीपय खेल को नाम नै बिर्सि सकें आदी खेल खेल्ने चलन थियो।
स्कुल जांदा खाजा लाने खाजा खाने चलन थिएन। पैसा भयो भने कहिले कहीँ किनेर खाने गरेका थियौं नत्र नखाने गर्थेउ। घर मा आएर खाने कुरा मा चिया चिउरा, भुटेको भात, मकै भटमास, रोटी अनी बारी मा फलेका सिजन अनुसार का फलफूल खाने गरेका थियौं ।
हाम्रो पालामा बारीमै फलेका फलफूल खाने चलन थियो। बाहिर खेलकुद पनी हुन्थ्यो र स्वास्थ्य पनी राम्रो हुन्थ्यो मैले त औषधि खाको भनेको काठमाडौं आए पछी २३ बर्ष को उमेर मा मात्र नत्र सिटामोल पनी खाएको थिएन ।
अहिले हाम्रो छोराछोरी हरु को पालामा जन्मिने बित्तिकै औषधि खाएका छन्। केटाकेटी हरुको खेल कुद पनी छैन! खेल्ने ठाउँ पनी छैन ।
केटाकेटी हरु लाई बिहान उठाउन पनी गारो हुन्छ। धेरै पटक उठ उठ भनी रहनु पर्छ। बल्ल तल्ल उठे पछी पनी सिकाईरहनु पर्छ हात मुख धोउ, दांत मोल, पानी खाउ, भनेर हाम्रो पालामा यसरी सिकाईरहनु नै पर्दैन थियो हाम्रो नित्य काम सबै आफैं गर्ने चलन थियो। खै? अहिले हामी ले पबॅरिस गरन लाई नजाने को हो कि? जस्तो लाग्छ। अहिले का हाम्रा केटाकेटी हरु भनेको नटेरॅने, झर्को फर्को गर्ने, जिद्दी गर्ने, गुरु हरु लाई नमान्ने, बाबुआमा लाई मुखमुखै लाग्ने गरेको देखिन्छ।
अहिले का केटाकेटी हरु लाई स्कुल जांदा खाजा टिफिन पठाउने, घरमा आएर पनी खाजा खाने चलन छ। अहिले का केटाकेटी हरु बाहीर गएर खेल्ने चलन छैन बाहीर गएर खेल्दा नराम्रो संगत हुन्छ भनेर घरमैं खेल्ने ब्यबस्था मिलाइदिए को हुन्छ गारजेन हरुले। यसरी घरमैं भित्र भिडीयो गेम कम्प्युटर, मोबाइल मा खेलेर बस्छन् छुट्टी को दिन त दिन भर गेम खेलेर अघाउदैनन् केटाकेटी हरु।
खान लाई पनी घरमा बनाएको खानेकुरा मन पराउदैनन् बाहिर कै फास्टफुड खान मन पराउँछन्। जिद्दी गरेर भए पनि बाहिर कै खानेकुरा खाने गर्छन्। यसले गर्दा बच्चा हरुको स्वास्थ मा पनी हानी पुर्याएको हुन्छ। तर यसमा घरका अभिभावक ले पनी यसमा ध्यान दिन जरुरी छ। अहिले का बच्चा मा अनावश्यक तौल बढ्ने, थाइराइड बढ्ने, दांत किरा लाग्ने, चांडै सुगर रोग लाग्ने, अन्य थप रोग लाग्ने गरेको पनी सुन्दै आएका छौं।
यसरी केटाकेटी हरुले समय मैं सुत्ने, समय मैं उठ्ने, समय मै पढ्ने, होमवोर्क समय मैं गर्ने, ब्यायाम गरेॅने, घरमैं बनाएको खानेकुरा खाने, आफु भन्दा ठुलो गुरु हरु र मान्यजन, बाबाआमाले भनेको मान्ने गर्यो भने अनुसासन पनी राम्रो हुन्छ, पढाई पनी राम्रो हुन्छ, आफ्नो स्वास्थ्य पनी राम्रो हुन्छ र केटाकेटीहरू को आफ्नो भबिस्य पनी राम्रो हुने थियो भन्ने मलाई लाग्दछ।
✍️ बिमला अन्जान


0 Comments