हे राजा हाम्रा प्रजाका प्यारा नेपालमा उदायौ - नेपालमा

विकाशको मूल शान्ति हो भनी शान्ति नै बढायौ - शान्तिनै

शान्ति को प्रस्ताव विदेशै भरी सबैमा पठायौ - सबैमा

एकसय सोह्र शान्तीको प्रस्ताव समर्थन गरायौ - समर्थन 


शान्तिको प्रस्ताव काहांगो आज मरो की हरायो - मरोकी

नेपालै भरी डर र त्रास जगजगी गरायो - जगजगी

शान्ति र चैन स्थायीत्व छैन आपत्ती बढायो - आपत्ती

मनभित्रै थियो राजा को आश त्योपनि बिलायो - त्योपनि 


आएर नेता भड्काई जनता बहुदल चाहियो - बहुदल

विदेशको आड लिएर माग मौसुफमा चढायौ - मौसुफमा

जनता मारी मा लिन्न भारी त्यो ईच्छा पुरायौ - त्यो ईच्छा

हिन्दूका सूर्य नेपालका तारा सधैंलाई अस्तायौ - सधैंलाई 


स्वर्गका इन्द्र बीरेन्द्र बनी नेपाल आएर - नेपाल मा

पुर्ब र पश्चिम भृमण गरेउ पैदलै हिडेर - पैदलै

जनताको मर्म बुझेर गरेउ शुसासन बढार- शुसासन

छाडेर गयौ नेपाल लाई आज टुहुरो बनाई- टुहुरो


हे राजा वीर तिमी थियौ बीर अकालै गैगोनी - अकालै

त्यो तिम्रो गाथ प्रजाको साथ छाडेर गयौनी - यौनी

रानी र छोरा ती देवी छोरी साथ साथै लग्यौनी - साथ साथै

राम राज्य चलाई हामी लाई रुवाइ कहां पो गयौनी - कहां


त्यो तिम्रो आत्मा परमात्मा बनोस स्वर्ग मा रमाई - स्वगॅमा

बीरेन्द्र राजा स्वोर्गेंद्र बनी स्वर्गै लाई सजाई - स्वगैॅलाई

नेपाल लाई संधै बचाई राख अमृतै बर्साई - अमृतै

म तिम्रो प्रजा गदॅछु श्रद्धा अञ्जली चढाई-अञ्जली


✍️ शारदा प्रसाद मिश्र

( इटहरी / कौशलटार )

प्यारा राजा बीरेन्द्र को सम्झना मा सानो कबिता यहाँ हरुको माझमा पस्केको छु।