आज भन्दा करीब 20 बषॅ अगाडी को कुरा हो। म भर्खर भर्खर बानेश्वर बाट जागिर खान कीर्तिपुर सम्म जाने गर्थे जागिर खान जाने ठाउँ सम्म पुग्न लाई बानेश्वर बाट बल्खु सम्म नेपाल यातायात चल्थ्यो तेसैमा गएर बल्खु ओर्लेर त्यहाँ बाट 15 मिनेट हिनेर अफीस पुगिन्थ्यो। यसरी संधै 15 मिनेट हिनेर जाने मेरो दिन चयाॅ बनेको थियो।
म हिड्ने बाटो बल्खु खोला छेउमा बसेर एक जना बुडी मान्छे हाम्रो हजुर आमा कै उमेर 70/75 जस्तो लाग्ने बुढी आमा गिट्टी कुटेर बसी राख्नु हुन्थ्यो।
म संधै ति बुढी आमा लाई हेरदै अफीस तीर लाग्थेँ। एक दिन ति बुढी आमा संग बोल्न मन लाग्यो र बुढी आमालाई घर कां हो आमा? तपाईँ को भनेर मैले सोधे वाहां ले 3 नं भन्नुभयो मैले चैं खै कता हो 3 नं थाहा पाईन र मैले फेरि सोधें 3 नं भनेको कता हो?
आमा मैले त थाहा पाईन भनेर सोधें तर वहाँले झरकदै भन्नु भयो किन चाहियो? भनेर अनी मैले सोधें तपाईँ का कोही छैनन्? भनेर सोधें थे तर सबै मरे भन्नु भयो अनी मैले खाना खानु भयो? भनेर सोधें वाहां ले साहुले पैसा दे का छैनन् के खानु भन्नु भयो र मलाई सारै नराम्रो लाग्यो र मैले टिफिन मा खाजा खान बिस्कुट लगेको थिऐ त्यही बिस्कुट खान दिए र आमाले हतार हतार गरेर त्यो बिस्कुट खानु भयो सारै भोक लागेको थियो नानी भन्नुभयो।
र म अफिस तीर लागें।त्यस पछी संधै जसो ति आमा संग कुरा कानी हुन थाल्यो आमाले पनी कती बज्यो नानी? आउनु भयो नानी? भनेर बोलाउन थाल्नुभयो मलाई पनी हजुर आमा जस्तै लाग्न थाल्यो। ति आमाले कां देखि आउनू हुन्छ? के गरनु हुन्छ भनेर सोध्नु हुन्थ्यो। कुनै दिन म बिदामा बसेको बेला पनी बाटो हेरी राख्नु हुंदो रहेछ।
भोली पल्ट सोध्नु हुन्थ्यो हिजो किन नआउनु भऐको नानी? भनेर अनी मैले भने केटाकेटी बिरामी भएको हूनाले नआएको आमा भने अनी ति आमाले सबै नालीबेरी सोध्नुहुन्थ्यो ।
एक दिन ति आमाले मलाइ साेध्नुभयाे नानिका कति वटा छाेराहरू छन् भनेर अनि मैले एउटा छ मेराे भने अनि आमाले भन्नु भयाे ठुलाे भए पछि राम्राे गराेस नानि लाइ छाेराले भनेर आखा भरि आशु झारेर भन्नु भयाे अनि मेले भने किन रूनु भएकाे आमा? भनेर साेधें झन पाे रून लाग्नु भयाे अनि म तल वसेर नरूनु आमा भनेर सम्झाउन थालें याे बुढेशकालमा यसरि रूनु हुदैन भने मैले अनी ती आमाले आफै भन्न थाल्नु भयाे ।
मेरा पनी ३ वटा छाेरा थिए तर के गर्ने सबे मरे तुल्य भयाे भन्नु भयाे । अनि मैले साेधें किन तेसाे भन्नुभएकाे आमा? भनेर साेधे मेरा धेरै रामकाहानि छन् सुनाउदा मुटु नै फुट्ला जस्ताे हुन्छ नानि लाइ ढिला हुन्छ पछि सुनाउला भन्नु भयाे।
र म आफ्नाे गन्तब्य तिर लागे मेराे मन पनी दिन भरि खिन्न भारी जस्तै भइ रह्रयाे ति आमाका कुरा सम्झेर।
भोली पल्ट अली छिटो गरेर म घर बाट निस्कें ति आमा लाई गिलो रोटी धेरै मन पर्ने रहेछ र मैले आमा लाई पनी भिन्दै प्लास्टिक मा पोको पारेर ल्याइदिएको थिएं। सधै जस्तै बल्खुमा गाडी बाट ओर्लेर फटाफट हिडेर ति आमा भएको ठाउँमा पुगें आमा गिट्टी कुटिरहनु भएको थियो।
मैले आमा? भनेर बोलाएं अनी आमा खुसी हुंदै आज छिटो आउनु भएछ नानी भन्नु भयो।अनी मैले भने आमा संग गफ गरन लाई छिटो आको भनेर रोटि निकालेर खान दिंए आमा ले हात लुगामा पुस्दै पकापक खानु भयो ।कती मिठो रहेछ नानी! तपाईँ लाई छ के? भनेर सोध्नु भयो मैले छ भने। अनी आमाले आफ्नो कुरा सबै रुंदै सुनाउन थाल्नु भयो आफ्नो दु :ख को कुरा मलाई सुनाएर मन हलुंगो बनाउन खोज्नु भएको रहेछ।
आज सम्म कसैलाई सुनाउनु भएको रहेन छ काठमाडौं मा यसरी राम्रो संग को बोल्छन् र नानी भन्नु हुन्थ्यो। वाहां का जिबनमा घटेका कुरा! वहाँका श्रीमान् चांडै बित्नू भएको रहेछ केटाकेटी हरु एउटा 5 बषॅ एउटा 3 बषॅ र अर्को बषॅ दिन को थिए रे श्रीमान् बित्ताखेरी अली कता बारी रहेछ मकै र कोदो मात्र फल्ने त्यस बाट 2 महीना जती मात्र खान पुग्थ्यो रे बांकि खान लाई मेलापात बनीबुतो गरेर खानु पर्थ्यो रे केटाकेटी हरु धेरै दुःख गरेर हुर्काउनुभयो रे बुडा मरेको भनेर गाउँ का ले पनी हेप्ने गर्थे रे !
आफु भोकै बसेर केटाकेटी लाई खुवाउनु हुन्थ्यो रे! कुनै साहु हरुले जडौरी लुगा दिन्थे रे तेस्तै लुगा छोराहरु लाई लगाइदिनु हुन्थ्यो रे।
गाउँ का केटाकेटी स्कुल गएको देखेर आफ्नो छोराहरु लाई पनी पढाउन पाए दुख का दिन जान्थेकी जस्तो लागेर 2 वटा छोरा लाई S. L. C. सम्म पढाउनु भएछ र छोरा हरु पैसा कमाउन जान्छौं भनेर जेठो ईन्डीया र माईलो मुङलान गएका थिए रे! यता कान्छो छोराले चैं 5 कक्षा सम्म पढेर पढाई नै छोड्यो रे अली फटाहा पनी हुन थाल्यो रे मैले तह लाउन नै सकिन के गरनु दुख पाउँछ होला भन्ने पिर लाग्थ्यो रे! जेठा र माईला छोरा ले गाको 1 बषॅ सम्म त फोन गर्थे रे त्यस पछी फोन गरन पनी छाडे रे कता हो कता खोज्न कां जानु भन्नु हुन्थ्यो ।
यसरी दुबै छोरा फरकेर आएनन् उतै बसे आमालाई बिर्से भन्नुहुन्थ्यो । यताको कान्छो छोरा पनी बेकामे भयो झगडा मात्र गर्छ काम केही गर्दैन भन्नुहुन्थ्यो ।
एक दिन त कान्छो छोराले केटी भगाएर ल्याएछ अनी आमाले के गरी पाल्छस कान्छा तैंले केही काम गर्दैनस भन्दा तिम्रो नाक कान को गहना लेउ तेही बेचेर पाल्छु भन्यो रे अनी आमाले यो त म दिन्न तंलाई भन्नु भयो रे।
एक दिन सांझ को खाना खाएर कोठामा पल्टेर बस्नु भएको थियो रे! छोरा बुहारी दुवै आएर कुटपिट गरन थाले रे किन कुट्छौ मलाई भन्दा ति नाक कान का गहना लेउ भनेर खोस्न थाले रे एउटा बुलाकी फूली र माडबारी लगाको सबै खोसेर लगे रे। तै पनी लैजाउन छोरा बुहारी त हुन मेरा भन्ने लाग्थ्यो रे! बनीबुतो गरेर ल्याइएका खाने कुरा हरु छोरा बुहारी पनी तेही खान्थे रे।
आमाको नामको बारी मेरो नाम मा सारी दे भनेर कुटपिट गरी राख्थे रे छोरा बुहारी दुवै मिलेर। एक दिन राती कोठामा छोरा बुहारी दुबै आएर कुटेर लडाएर औठा छाप लगाएर लगे रे !
अनि छोरा बुहारी दुवै ले कुरा गरेको सुन्नु भएछ अब ई बुढीले गाउँले लाई भनीन भने गाउलेहरुले बुढी को पक्ष मा बोल्छन् इन को बन्दोबस्त गर्नु पर्छ भन्दै थिए रे! घिसारेर लगेर भिर बाट फालीदिउ राती नै भनेको सूनेर आमा राती नै घर छोडेर हिड्नु भएछ।
र छ सात दिन भोकै प्यासै गरेर हिडेर काठमाडौं आईपुग्नु भएको रहेछ। काठमाडौं को पशुपति नाथ मा आएर 2 महीना बस्नु भएछ । एक दिन एक जना मानीस आफ्नो जन्म दिनको उपलक्ष्यमा मा जेरी पुरी सबै माग्ने लाई खुवाउन आएको रहेछ अनी ति आमाले बाबु काम पाइन्छ भने म काम गरेर खान्छु भन्नु भएछ अनी ति बाबुले गिट्टी कुट्ने काम गरन सक्नु हुन्न होला भने रे अनि आमाले सक्छू बाबु भन्नु भएछ र गिट्टी कुट्ने काम गरेर बस्नु भएको रहेछ।
यि आमाका दुख का कुरा सून्दा मलाई फिल्म कहानी हेरे जस्तै लाग्यो म पनी आमाका कुरा सुनेर रुएको पत्तै पाईन आमाका कुरा सुन्दा एघार बजी सकेछ र आमा संग बिदा भएर आफ्नो गन्तव्य तिर लागे।
यसै गरी संधै जस्तै आमा लाई बोलाउदै अफीस तीर लाग्थे। ति आमाका फाटेका चोला टालेका लुंगी देखेर मलाई एउटा नयाँ लुगा किनिदिन मन लागेको थियो। अब को तलब आए पछी म ति आमालाई लुगा कीनेर दिन्छु अनी ति आमा कति खुसी हुन्छिन् होला जस्तो मन मा लागी रहेको थियो। एक दिन ति आमा लाई सोधेको थिएँ आमा? कुर्ता सलवार लगाऊनु हुन्छ? भनेर वहाँले नाई म लाइदिन मलाई त लुंगी चोलो नै मन लाग्छ भन्नु हुन्थ्यो।
महिना को लास्ट भएको थियो अनी तलब पनी आयो र बैंक गएर तलब निकालेर घर फरकदा खेरी बाटोमा लुंगी र चोलो को सट्टा टी सट किनेर ल्याएं मलाई ति आमाको माया धेरै लाग्न थालेको थियो म तेती बेला डेरामा बस्थें आफ्नो घर भै दिएको भए म घरमा लगेर राख्थे जस्तो लाग्न थालेको थियो।
भोली पल्ट ति आमाको लागि अलीकता खाने कुरा र लूगा एउटा झोलामा पोको पारेर अफीस जांदा लिंदै गए सधै जस्तो बल्खुमा ओर्लेर फटाफट हिँड्दै आमा बसेको ठाउँ मा आईपुगे तर ति आमा लाई देखिन यताउता हेरें कतै देखिन अनी अली पर एक जना दाई गिट्टी कुटिरहेका थिए उन लाई सोधें यहाँ बस्ने आमा आज आउनु भएन? भनेर अनी ति दाई ले भने आज बिहान देखि नै देखेको छैन भने र म मेरो गन्तव्य तर्फ लागें।
यसै गरी भोली पल्ट पनी लुगा बोकेर आए ति गिट्टी कुट्ने कामा लाई देखिन फेरि ति दाई लाई सोधें खै? हामी लाई केही भन्नु भएको छैन थाहा छैन भने मेरो मन तेसै उदास भयो। यसै गरी 6,7 दिन बित्यो महिनौ बित्यो तर ति गिट्टी कुट्ने आमा लाई भेट्न सकिन! अझै पनी कतै देखिन्छिन कि जस्तो लाग्छ! मलाई अझै पनी पछुतो लाग्छ ति आमालाई लुगा दिन नपाएकोमा!!
✍️ बिमला अन्जान


0 Comments