संघर्ष पश्चात् नै मिठो फल प्राप्त हुन्छ।हरेक रात पछी हजारौं सपना बोकेर उदाउने गर्छ जिन्दगी ..

यस्तै तेस्तै गरि सपनाको महल रहेछ जिन्दगी ...😑                           


घर नजिकै बस्ने दिदी न्याउरो मलिन अनुहार देखे "के भयो दिदि भन्ने आट त थिएन तर मनले मानेन र सोधी हेरे। 


घर दोलखा बताउने दिदिको २ ओटि छोरी रैछन येउटा ९ बर्ष कि र अर्को सानी ५ बर्षकि.. 


बुढाले सधैं रक्सी खाएर कुट्ने अरे… झगडा त कति हो कति… बुढाले अर्कै ल्याएसी २ ओटा नानि च्यापेर काठमाडौ आउनुभएको रैछ। 


नयाँ ठाउ त्यसै माथी काठमाडौं गाउँको चिनेको दिदी ले साहरा दिनु भएको रैछ। ती दिदिको चिनजानमा काम लगाइदिनु भएको रैछ… 


"काठमाडौंको ठाउँमा सित्तै कस्ले दिन्छर" दिदीले आँसु पुछ्दै भन्नु भयो। 


बिह्यनै उठेर खाना तुल्याइवरि छोरिहरुलाइ स्कुल पुर्याएर काममा जानुहुन्थ्यो रे .. दिनभरी डोको बोकेर ६५० कमाउने रैछिन .. 


दिदिले । "अब हेर्नुन कहिले ५ तला माथी कम्तिमा ३ तला सम्म भारी बोक्नुपर्छ ढाड दुखेर मरिहत्ते हुन्छ" मलिन अनुहार बनाउदै भन्नू भयो।                                                        


करिब ९ महिना काम गरिसकेसी दिदिले त्यो काम छोड्ने निधो गर्नुभएछ र ठेलागाडा किन्ने बिचार गर्नु भएछ । 


चिनेजानेको बाट किन्दानी ३०हजार  हाल्नु भएछ । अब कोठाभाडा, रासन अनि बच्चाहरको स्कुल फि गरेर दिदिलाई नि धौधौ रैछ १०/१५ हजार  सरसापट गरेर किन्नुभएछ। 


अब किनेर मात्र भएन तेस्मा नि धेरै मेहेनत गर्नुभएछ ..


बिह्यान साढे ४ बजे उठेर चिया बेच्न जानुहुदो रैछ अनि दिउँसो चै तरकारी बेच्नु हुदोरहेछ । 


ती गाउँकि दिदिले ठेलागाडामा म.म अनि अरु समान थप्न लगाउनु भएछ । दिदिले दिनभरी दु:ख गरेर हजार १२ सय कमाउनु हुदो रैछ...


तर गार्‍हो पनि नयाँ नयाँ ब्यबसाय अनि थरीथरीका मानिस सङ भेटघाट  कोहिले पैसा कम दिने कोहि अनावश्यक जिस्काउने 😑😑 


३/४ जना मान्छे आउँदा त सारै आत्तिने गर्नुहुन्थ्यो रे। बिस्तारै बानी पर्दै गएछ दिदिलाइ ।अरुको सरसल्लाह अनि देखेर दिदी २ ओटा फाइनान्समा खाता खोलेर पैसा जम्मा गर्नुभएको रैछ। 


पुरानो दिन बिर्सेर अधि बढ्नु भएकी दिदी ठेलागाडामै रमाउन थाल्नु भएछ हुन त हामी स-सानो कुरामा नै खुशी हुने गर्छौ । 

बिडम्बना केहिदिन अघि दिदिको ठेलागाडा महानगरपालिका ले उठाइदिएछ र त दिदी न्याउरो बन्नुभएको रैछ …. 


दिदिको सबैथोक त्यहि गाडानै थियो गाँस बाँस कपास तेस्मै थियो । रुदै भन्नुभयो "कति रोइकराइ गर्दा पनि दिएनन मेरा बच्चा के खान्छन् 


" म के बोल्ने के नबोल्ने सिर झुकाउने बाहेक विकल्प थिएन । तर जिन्दगी न हो जति रोइकराइ गरेनी भैसकेको छिज फर्केर आउने त हैन।


त्यो दिदिलाइ मैले चिनेजानेको सङ्ग कुरागरेर गाडा फिर्ता ल्याउने आश्वासन दिए एदि भयन भने साथी भाइसङ्ग धेरथोर पैसा उठाएर ठेलागाडा किनिदिने निधो गरे…. 


केन्द्रिय सरकारले फुट्पाथमा सामान बेच्न प्रतिबन्ध लगाएको थियो तर सोच्नु पर्ने कुरा के भनी दिदी जस्तै हजारौं मान्छे फुट्पाथमा गुजारा गरिरहेकाछन सबै को घरमा चुलो बाल्न पाइरहेका थिए ...


उनिहरुलाइ कुनै ठाँउ ब्यबस्थापन गरिदिनु पर्यो भबिस्री परिकल्पना नगरी तत्काल कुनै पनि कुरामा प्रतिबन्ध लगाउनु हुँदैन । 


सन्दर्भ : कोटेश्वर,कलन्की,बसपार्क लगायत विभिन्न ठाउँमा गजरा गर्ने आमा बुवा दाइ दिदिहरुमा समर्पित 🙏🙏


✍️ जिवन भुजेल

जिवन भुजेल