असक्त छ यो ज्यान लौरी छैन हातमा !
दबाईमुलो गरौं भने फुटेको कौडी छैन साथमा।।
बुडो भयो यो मन निन्द्रा छैन रातमा !
बोल्ने कोही छैनन् केबल आउँछ झिंगा मात्र खाटमा।।
हात लुलो भयो छैन मेरो काम गर्ने जांगर!
उरांठ लाग्यो मलाई यो जिन्दगी र संसार।।
केही काम गरन सक्दिन म खाटमा लडीबडी !
घरका मान्छे छैनन् मलाई भन्ने कठैबरी।।
असक्त छ यो ज्यान लौरी छैन हातमा !
दबाईमुलो गरौं भने फुटेको कौडी छैन साथमा ।।
पानी सारेर खान सक्दिन म गिलास मा !
तागत छैन मेरो बल पनी छैन मेरो शरीरमा।।
दुखै दुखमा रुमलीएको मेरो जिन्दगी !
आफन्त र इष्ट मित्रहरू ले अब मलाई गरॅदछन दिल्लगी।।
असक्त छ यो ज्यान लौरी छैन हातमा !
दबाईमुलो गरौं भने फुटेको कौडी छैन साथमा ।।
अब म परजिबि भऐं अरुको भर पर्नु पर्छ भनी आंशु झदॅछ !
कस्ति पापी रहीछ यो भनी सारा समाज ले कुरा गर्दछ।।
मुखले मिठो मसिनो नरम खोज्छ तर बृद्ध आश्रम पठाउछन कि भन्ने डर !
दांत सबै झरे तर अझै लाग्दछ मलाई भुटेको मकै भटमास खाने रहर।।
असक्त छ यो ज्यान लौरी छैन हातमा !
दबाईमुलो गरौं भने फुटेको कौडी छैन साथमा ।।
अब बाँकी जीवन हांसिखुसी बांचौं भन्छु !
भगबान को नाम लीई हांसौं भन्छु।।
असक्त छ यो ज्यान लौरी छैन हातमा !
दबाईमुलो गरौं भने फुटेको कौडी छैन साथमा ।।
✍️ बिमला अन्जान


0 Comments