𝘽𝙍𝙀𝘼𝙆𝙄𝙉𝙂 𝙉𝙀𝙒𝙎: काठमाडौं उपत्यकामा जेठ २० गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुर ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले थप एक साता निषेधाज्ञा थप्ने निर्णय गरेको हो । काठमाडौं उपत्यकामा वैशाख १६ बाट घोषणा गरिएको निषेधाज्ञा जेठ १३ मा सकिँदै छ ।
साथै जेठ १४ गतेबाट किराना पसल लगायत डिपार्टमेन्ट स्टोर पनि बन्द गर्ने र सागसब्जी, माछामासु लगायत दुध पसल बिहान ९ बजेसम्म मात्र खोल्न दिने पनि निर्णय गरिएको छ।


0 Comments