हाम्रो हिन्दु धर्म मा कुकुर लाई भैरब को बाहन भनेर तिहार मा पुजा गर्ने चलन छ। घरको रक्षा गर्छ भनेर घरमा पाल्ने चलन पनी छ। सौखिन हरुले कुकुर संग खेल्न मनपराउने, कुकुर संग खेल्दा तनाव मुक्त हुने र कुकुर ले जे भनेको पनी मान्ने भएर सौखले पनी पाल्ने गरेका छन्। कुकुर का पनी धेरै प्रकारका जात हुंदा रहेछन्।
पुलिस प्रशासन तीर पनी कुकुर लाई तालिम दिएर दर्जा, भत्ता दिएर राखेको हामी लाई थाहै छ।
अपराधी, चोर डाका कहाँ छन् भनेर सुंघेर पत्ता लगाउने क्षमता कुकुर मा भएको हुनाले कुकुर पालेर राखेको देख्न सकिन्छ। कुकुरहरुले ठुलो ठुलो अपराधी हरु लाई पनी सुंघेर पत्ता लगाएको हामी सबै लाई थाहा छंदैछ।
तर यहाँ बाटो भरी भुस्याहा कुकुर को बिजोक देख्न सकिन्छ।
भुस्याहा कुकुरहरूको जमात जताततै हिडीरहेको हुन्छ। कुकुर हरु पनी आफ्नो समाज बनाएर जमात मा बस्ता रहेछन्। भुस्याहा कुकुर हरुको पनी आफ्नो आफ्नो एरीया हूंदो रहेछ । एउटा एरिया को कुकुर अर्को एरीया मा गयो भने जमातै लागेर, भुकेर लखेटिरहेको देख्न सकिन्छ।
बिहानै मोर्निंङ वाक तीर निस्कियो भने भुस्याहा कुकुर ले टोक्ने हो कि भनेर गराउदै हिड्नु पर्दछ। यस्ता भुस्याहा कुकुर हरु जताततै सुतिरहेका हुन्छन्। कतै बालुवाको थुप्रो माथी सुती रहेका कतै होटल अगाडि, कतै मासु पसल अगाडि सुतिरहेका हून्छन।
गाडीले किचेर, बलियो कुकुर ले टोकेर, मानिस ले कुटेर आफैं रोग लागेर कुनै कुकुर का खुट्टा भांचिएका, कुनै का शरिर का रौं जम्मै झरेका, कुनै को सरीर भरी घाउ नै घाउ भएका, कुनै कुकुर का हर भांचिएका, कुनै उठ्नै नसक्ने, कुनै घिस्रिएर हिड्ने, कुनै र्याल चूहाएर बसेका, कुनै आंखा फुटेका, बिभिन्न रोग लागेका कुकुर को छेउछाउ पुग्दा पुरै गनाउने अबस्था का भुस्याहा कुकुरहरू पनी देखिन्छन् ।
कुकुर हरु पनी घर पालुवा जनावर भएकाले मानिस को बस्ती बरीपरी नै बस्छन्। रात परे पछी ति कुकुर हरुको बिजोक देखिन्छ चिसो ठाउँमा तेतीकै सुती रहेका हुन्छन् कतै खाली पिडीं घरको छेऊ छाउ तीर सुती रहेका हुन्छन्। रात भरी कुकुर ले पहरा दिइरहेका हुन्छन्। कुकुर हरु धेरै भएको ठाउँमा त रातभर कुकुर भुकेर मानीस लाई निदाउन पनी दिँदैनन्।
उहीले उहीले त मानिसहरु घर बाहिर मैदान मा पाइखाना जान्थे त्यही पाइखाना खाएर कुकुर ले पेट भर्दथे तर अहिले मानिस धेरै सभ्य भई सकेका छन्! घर भित्रै हुन्छ पाइखाना! कुकुर हरुले पनी खान पाउदैनन्, खान पनी बिर्सिसकेका छन्! मानिस संगै कुकुर पनी आधुनिक युग तीर लागेका छन्।
यि भुस्याहा कुकुरहरू खान नपाएर यता उता भौंतारीदै हिडेका हुन्छन्। कांहा खान पाइन्छ भनेर हिंडेका हुन्छन्। कोही कोही मानिस हरु अली दयालु हुन्छन बाटोमा बिस्कुट खाने कुरा कुकुर लाई किनेर दिएको देखिन्छ। कुकुर हरु होटल अगाडी खान पाइन्छ कि भनेर जमात भयर उभिरहेका हून्छन। कतै मासु पसल अगाडी खान दिन्छन् की भनेर बसेका हुन्छन्। मासु पसलले ले एउटा हड्डी फाली दिएको हुन्छ जो बलियो छ तेसैले खान पाउछ! जो निर्धो छ उ हेरेको हेरै हुन्छ खान पाउदैन! कुकुर को पनी बल बुध्धी हूने ले मात्र खान पाउने रहेछ ।
यो कुरा त मानिसहरुमा पनी लागु हुन्छ । जस्तै बिभिन्न थरीका सरकारी अफिसहरुमा ठुला ठुला निकाय, संस्थानहरू मा , कार्यालयहरुमा, घर घरमा, मन्त्रालय, ठेक्का पट्टा हरु अादिमा पनि बलियाे बाङ्गो हरुले मात्र खान पाउछ निर्धाे हेरेकाे हेरै भएकाे पनि देखेका, सुनेका, भोगेका पनी छाै।
कुकुर पाल्ने सौखिन हरुले घर बाहिर बाटो तीर लगेर आची गराउने चलन छ आफ्नो घर अगाडी सफा राख्ने तर अरुको घरको अगाडि लगेर कुकुर लाई दिसा गराउने चलन पनि छ । यसले गर्दा बाटो नै फोहोर हुन्छ र प्रदुषण पनि बढ्दै जान्छ।कती पैदल यात्रीहरु ले कूल्चिएर हिडीरहेका हुन्छन् यो फोहोर कुल्चिएर घर सम्म पुगेको र घर नै फोहोर हुने गरेको देखिन्छ। यसको लागि त टोल सुधार समिति हरु ले नै नियम लगाउनु पर्ने हो तर सबैले आंखा चिम्लेर नै हिड्ने गरेको देखिन्छ।
बिकसित देश हरु मा त जताततै कुकुर हरुलाई दिशा गराउन नपाउने नियम छ। यस्तो फोहोर गराएमा जरीवाना लिने चलन छ । कुकुर डुलाउन हिडाउदा दिसा गरी हाल्यो भने प्लास्टिक मा पोको पारेर गोजीमा राखेर सम्बन्धित ठाउँमा लगेर मात्र फाल्न पाउने नियम छ भन्ने सुनेको छु।
कुकुर पाल्ने साैखिन हरुले पनि कुकुर राम्राे रहुन्जेल पाल्छन् तर बुढाे भएर राेग लागे पछि अाैषधि गर्न् पैसा लाग्छ भनेर भुस्याहा कुकुर सगै बाहिर छाेडिदिएकाे कति देखेका छाै सुनेका छाै।
यी भुस्याहा कुकुरहरू बाट पनि बिभिन्न राेग अाउन सक्छ । कतै बाैलाहा कुकुरले टाेक्याे भने रेबिज राेग पनि लाग्न सक्छ । कुकुरहरुले बिस्ट्याएका फाेहाेर हरुले पनि बाताबरण प्रदुशन भइरहेकाे देखेका छाै ।
याे भुस्याहा कुकुर ब्यबस्थापन गर्न पाए देखि कुकुरहरुकाे बिजाेक देख्नु पर्ने थिएन। कुकुरकाे पनि उध्धार हुने थियाे। भुस्याहा कुकुर को संख्या दिनहुं बढिरहेको छ। कतै! भुस्याहा कुकुर को मन्त्रालय नै खोल्नु पर्ला जस्तो देखिएको छ।
ठुलाबडा हरु त गाडिमा सरर हिड्ने गर्छन् उनिहरुले याे देख्दैनन् । पैदल हिड्ने हरु लाइ मात्र थाहा हुन्छ। कुकुर हरु कति छन्, कस्ताे अबस्ता छन् भनेर । याे कुकुर ब्यबस्थापन को लागि स्थानिय सरकारकाे एक नजर यता पनि लागे देखि बाताबरण पनि राम्राे र सुध्द रहने थियाे कि?
✍️ बिमला अन्जान


0 Comments