सोच सबैको ठुलो हुन्छ । मन सबैको सफा ….अनि बिचार पनि तर समाज नि… 

समाज त साघुरो हुन्छ। जब समाजबाट घुमौरो सब्द निस्कन्छ नि तब जन्मिन्छ नारी।     

हुन त सति प्रथा थामिसकेकी उ.. अझैपनि हामी रुढीबादी परम्परासङ्ग जुधिरहेका छौ र तेहु संघर्षमा जन्मिन्छ नारी।                                      

 नौ महिना पछि बल्ल जन्मिएकी छोरिलाइ पेचिलो शब्द प्रहार हुन्छ "ए छोरी पो रैछे" उ नादान छे केही थाहाछैन त्यहिबाट सुरुहुन्छ प्रहारका अपत्यारिला शब्द।यहाँ ७ वटा छोरी हुँदा पनि छोरो नै खोज्छन् के नारीको अस्तित्व छैन ….

घरबाट तीखो शब्दमा त्या कोहिसङ्ग बोल्ने हैन हिडेको देखे भने ...बास्तबमा उ अलमलिएको हुन्छे को सङ्ग सङ्गत गर्ने को सङ्ग नगर्ने। 

जिम्मेवारीको कुरा छोरालाई सिकाइन्छ तर उ(नारी) भने देखेर भोगेर सिक्दै जान्छिन।कोहि साथी परपुरुस सङ्ग देख्दा समाजले खेदो खन्छ.. 

उ नादान बन्छे आफ्नो इच्छा चाहाना सपनाभन्दा  टाढा रहेर जिन्दगीको गुजारा गर्छे।केहि कुरा राम्रो नलाग्दा आफ्नो बिचार पोख्न खोज्दा समाज बोल्छ"छोरी मान्छे भयर बडिबोल्न लाज लाग्दैन.. र हामी पनि भन्छौ (पोथी बासेको सुहाउँदैन भनेर) 

आखिर किन….? म बाट सुरु भयर हामी बन्छ हामी बाट समाज र त्यही समाजले नारिको सपना लथालिङ्ग बनाइदिन्छ। नारी यस्तो चिज हो जस्ले संसार थामेको छ।

उ आमा हुन् कसैको छोरिचेली हुन् र कसैको दिदिबहिनी हामीले उसको ईच्छा चाहना सपना टुक्राउने कोशिस कदापी गर्नु हुन्न। 

आज देउकी प्रथा छाउपडी बालबिबाह र विभिन्न प्रलोभन देखाएर  देहब्यापार गरिन्छ यो सबै बन्द गरौं ….

नारिलाइ उनीहरुको अनुसार अगाडि बढ्न दिउ अनि हेरम कति सुन्दर बन्छ यो समाज

✍️ जिवन भुजेल